Nepal Purbadhar

धोबिखोला करिडोर धमाधम कालोपत्रे हुँदै


काठमाडौं । धोबिखोला करिडोरको अधुरो काम सुचारु भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीले करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन केही दिन पहिले निर्देशन दिएका थिए ।

अहिले बाँकी काम अघि बढेको र छिट्टै नै धोबिखोला करिडोर सुधार आयोजनाको कामले अन्तिम रुप पाउने उपत्यका विकास प्रधिकरणका आयुक्त जानुका ढकालले बताइन् ।

नदी अतिक्रमण गरि बनाएका संरचना भत्काउन, जनता हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्रे थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन मन्त्री चौधरीले उपत्यका विकास प्रधिकारण र मातहतका निकायलाई अनुगमणका क्रममा निर्देशन दिएका थिए ।

बुद्धनगरको आर्क ब्रिजदेखि धोबिखोला करिडोरमा बाँकी रहेको काम पुरा हुँदैछ । जस अन्तर्गत १.५ कि.मी.बाटोमा ओभर लेयरिङ् र केही मर्मतका काम हुँदैछ ।

रोड मार्क पेन्टिङ, रेलिङ्मा कलर लगाउने देखि नदी किनारमा रहेका विरुवाको संरक्षणसम्मका काम भइरहेको उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयका जिल्ला आयुक्त जगदिश लामिछानेले बताए ।


Read Previous

निजी लगानीको ठूलो सोलु दूधकोसीको ‘वेट टेष्ट’ आगामी सातादेखि,हिउँदको आयात घटाउन सहयाेग पुग्ने

Read Next

निर्माण सम्पन्न भएको कुर्था–बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने भारतको तयारी