Nepal Purbadhar

प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी-व्यवसायीसँग छलफल

प्रधानमन्त्री वालेन्द्र शाह।


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।

छलफलमा मुलुकको पछिल्लो आर्थिक अवस्था, उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको बताइएको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको छ।

यस्तै, लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण, निजी क्षेत्रको विश्वास अभिवृद्धि तथा आर्थिक गतिविधि विस्तारका लागि सरकारले चाल्नुपर्ने कदमबारे समेत छलफल हुने बताइएको छ।


Read Previous

देवीघाटमा सेनाले पाँच दिनमै बनायो ५७.९ मिटर लामो एक्रोब्रिज

Read Next

काठे पुलकै भरमा बेँसीसहर-चामे सडक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar