Nepal Purbadhar

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा फेरि भारी वर्षाको जोखिम


काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाले खोज तथा उद्धार कार्यमा थप चुनौती सिर्जना गर्न सक्ने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार बाढी प्रभावित क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुन सक्ने जोखिम छ। त्यसैले प्रभावित क्षेत्रमा थप सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। यी क्षेत्रमा वर्षा हुँदा बाढी प्रभावित स्थानमा खोज तथा उद्धार, आवागमन तथा जनजीवन थप प्रभावित हुनसक्ने जोखिम रहेको छ।


Read Previous

बाढीमा बेपत्ता ६१६ जनाको शव भेटियो, २ हजार ३०१ को उद्धार

Read Next

बाढीपीडितलाई पोखरा विश्वविद्यालयको ७० लाख सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar