Nepal Purbadhar

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग बढ्दै, १७ करोड ३६ लाख डलरभन्दा बढी वित्तीय सहायता प्रस्ताव


काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय दाता, संयुक्त राष्ट्रसंघीय निकाय तथा गैरसरकारी संस्थाबाट ठूलो मात्रामा सहयोग परिचालन भइरहेको छ। अर्थमन्त्रीको सचिवालयबाट उपलब्ध सरकारी विवरणअनुसार १७ करोड ३६ लाख ५० हजार अमेरिकी डलर बराबरको वित्तीय सहायता तथा ऋण प्रस्ताव, प्रतिबद्धता सहित तयारी अवस्थामा रहेको छ। यसबाहेक १० लाख स्विस फ्र्यांक सहयोग र ठूलो परिमाणमा जिन्सी तथा प्राविधिक सहायता पनि जुटाइएको छ।

तर यो रकममध्ये सबै रकम तत्काल प्राप्त भइसकेको भने छैन। विश्व बैंकको १६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण नेपाल सरकारले माग गरेपछि उपलब्ध हुने तयारी अवस्थामा छ भने एडीबीको ५० लाख डलर अनुदान बोर्डको निर्णय हुन बाँकी छ।

अन्तर्राष्ट्रिय वित्तीय सहयोग
सहयोगदाता सहयोगको प्रकार रकम अवस्था

सहयोगदातासहयोगको प्रकाररकमअवस्था
विश्व बैंकसहुलियतपूर्ण ऋण१६७ मिलियन USDअनुरोधपछि उपलब्ध हुने गरी तयारी
एडीबीअनुदान५ मिलियन USDप्रस्तावित, बोर्डको निर्णय बाँकी
एडीबीप्राविधिक सहायता१५० हजार USDसहयोग
अमेरिकानगद सहयोग५०० हजार USDप्रतिबद्ध
अष्ट्रेलियानगद सहयोग१ मिलियन USDप्रतिबद्ध
स्विट्जरल्यान्डसहयोग१ मिलियन CHFसंयुक्त राष्ट्रसंघीय निकायमार्फत व्यवस्थापन
कुल USD सहायता/ऋण१७३.६५ मिलियन USDऋण, प्रस्तावित तथा प्रतिबद्ध रकमसहित

यसमा विश्व बैंकको ऋण र एडीबीको प्रस्तावित अनुदानलाई पनि जोडिएको छ। त्यसैले १७३.६५ मिलियन अमेरिकी डलरलाई प्रत्यक्ष रूपमा प्राप्त नगद राहतका रूपमा बुझ्न मिल्दैन।

कुन-कुन सामग्री सहयोग हुँदैछ ?

अन्तर्राष्ट्रिय तथा गैरसरकारी संस्थाबाट रसुवा, नुवाकोट र धादिङमा खाद्यान्न, गैरखाद्य सामग्री, त्रिपाल, सरसफाइ सामग्री, खानेपानी, स्वास्थ्य सामग्री, जेनेरेटर तथा उद्धार उपकरण उपलब्ध भइरहेका छन्। उपलब्ध विवरणमा २० ओटा संस्था राहत तथा पुनःस्थापनाका काममा संलग्न रहेको उल्लेख छ।

सामग्रीउपलब्ध/घोषित परिमाणविवरण/सहयोगदाता
हाइजिन किट४०० ओटाअक्सफाम/एन्फो
एक्वा ट्याब्लेट/स्ट्रिप२,००० ओटाअक्सफाम/एन्फो
गैरखाद्य सामग्री (NFI)कम्तीमा १,७५० ओटा/सेटविभिन्न संस्था
डिग्निटी किट१४० ओटापिपुल इन निड
टेन्ट२७ ओटापिपुल इन निड
सहायक उपकरण१०० ओटाह्यान्डिक्याप इन्टरनेसनल
जेनेरेटर७ ओटाब्लिङ्कनाउ, बीबीसी मिडिया एक्सन, फेयरमेड
पारिवारिक खाद्यान्न सहयोग५०० परिवारडीसीए नेपाल
पारिवारिक टेन्टउपलब्धडीसीए नेपाल
सोलार बत्तीउपलब्धडीसीए नेपाल
गमबुट१०० जोरडीसीए नेपाल
पिक्याक्स२० ओटाडीसीए नेपाल
साबेल२० ओटाडीसीए नेपाल
पञ्जा५० बाकसडीसीए नेपाल
मास्क६ बाकसडीसीए नेपाल
बेली ब्रिज३० ओटाचीन
शव राख्ने एयरटाइट ब्याग२,००० ओटाभारत
गैरखाद्य सामग्री३०० सेटएडब्लूओ इन्टरनेसनल, तयारी
एनएफआई२०० ओटा वितरणसेभ द चिल्ड्रेन
एनएफआई८०० ओटा उपलब्धसेभ द चिल्ड्रेन

सेभ द चिल्ड्रेनले नुवाकोटमा २०० ओटा गैरखाद्य सामग्री वितरण गरिसकेको तथा थप ८०० ओटा उपलब्ध रहेको जनाएको छ। पिपुल इन निडले पहिलो चरणमा १४० ओटा गैरखाद्य सामग्री, १४० ओटा डिग्निटी किट र २७ ओटा टेन्ट उपलब्ध गराएको छ।

मर्सी कोर्प्ससँग नुवाकोटका लागि २०० ओटा गैरखाद्य सामग्री मौज्दात रहेको तथा ह्यान्डिक्याप इन्टरनेसनलले ११० ओटा गैरखाद्य सामग्री र १०० ओटा सहायक उपकरण उपलब्ध गराउने जनाएको छ। एडब्लूओ इन्टरनेसनलले ३०० सेट गैरखाद्य सामग्री उपलब्ध गराउने तयारी गरेको छ।

जेनेरेटरदेखि सञ्चार सामग्रीसम्म

बीबीसी मिडिया एक्सनले रसुवा र नुवाकोटका स्थानीय रेडियोका लागि तीन ओटा ३.५ किलोवाट क्षमताका जेनेरेटर उपलब्ध गराएको छ। ब्लिङ्कनाउ फाउन्डेसनले नुवाकोटमा ५.५ केभीएका दुई ओटा जेनेरेटर र फेयरमेडले दुई ओटा २.५ केभीएका जेनेरेटर उपलब्ध गराएको विवरणमा उल्लेख छ।

यी संस्थाले आश्रय, खाद्यान्न, खानेपानी, सरसफाइ, स्वास्थ्य तथा पोषण, गैरखाद्य सामग्री, बालबालिकाका लागि सामग्री, महिला तथा बालमैत्री स्थान, पुनःस्थापना तथा सहायक उपकरणलगायत क्षेत्रमा सहयोग गरिरहेका छन्।


Read Previous

त्रिशूली-३ ‘बी’ आयोजनामा उद्धार प्रयास जारी, हेलिकप्टरबाट थप उद्धार टोली घटनास्थलतर्फ

Read Next

उद्धार कोषमा ६ अर्ब ५५ करोड, विपद्पछि नेपालीले जम्मा गरे ४ अर्ब ३८ करोड ८ लाख बढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar