Nepal Purbadhar

भोटेकोशी बाढीपछि सम्पर्कविहीन रुकुम पूर्वका १७ मध्ये १३ जना सम्पर्कमा


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका रुकुम पूर्वका १७ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्।

उनीहरू बाढी प्रभावित क्षेत्रमा काम तथा व्यवसायका क्रममा पुगेका थिए। सम्पर्कमा आएका १३ जनामध्ये केहीको सुरक्षित उद्धारसमेत भएको छ।

बाँकी चार जनाको खोजी भइरहेको छ। सम्पर्कविहीनमा सिस्ने–४ का मनराज घर्तीमगर र यगमाया केसी, भूमे–३ का जनककुमार पुन तथा प्रहरी जवान मिलन श्रेष्ठ रहेका छन्।

सम्पर्कमा आएका १३ जनालाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउन सिस्ने गाउँपालिकाले सहजीकरण गरिरहेको छ।


Read Previous

अलपत्र यात्रुको उद्धार गर्न काठमाडौं महानगरले निःशुल्क यातायात सुरु गर्‍यो

Read Next

त्रिशूली-३ ‘बी’ आयोजनामा उद्धार प्रयास जारी, हेलिकप्टरबाट थप उद्धार टोली घटनास्थलतर्फ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar