Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

निजी लगानीको ठूलो सोलु दूधकोसीको ‘वेट टेष्ट’ आगामी सातादेखि,हिउँदको आयात घटाउन सहयाेग पुग्ने


काठमाडौं । निजी ऊर्जा उत्पादकले स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण गरेको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको ‘वेट टेष्ट’ (प्रसारण ग्रिडमा नजोडी विद्युतगृह सञ्चालन गरी गरिने परीक्षण) सुरु गरिने भएको छ । निर्माण पूरा भइसकेको आयोजनाको विद्युतगृहमा पानी छोडेर परीक्षण गर्न लागिएको हो ।

बाँध तथा सुरुङमा पानी भरेर गरिएको परीक्षणपछि विद्युतगृहमा पानी छोडेर परीक्षण गर्ने चरणमा पुगेको आयोजनाको प्रवर्द्धक साहस ऊर्जा कम्पनीका अध्यक्ष हिम पाठकले बताए । ‘एक महिना लगाएर बाँध, सुरुङ र पेनस्टकको परीक्षण गर्ने कार्य सम्पन्न गरिसकेका छौं,’ उनले नेपाल पूर्वाधारसँग भने, ‘अब विद्युतगृहमा जडान भएका उपकरणको वेट टेष्ट सुरु गर्दैछौं ।’

ठूलो आयोजना भएकाले सबै संरचनाको परीक्षण गर्न धेरै समय लागेको उनले बताए । ‘सानो आयोजनाको परीक्षण २÷३ दिनमै सकिन्थ्यो । ठूलो आयोजनामा त्यस्तो नहुने रहेछ । एउटै संरचनाको परीक्षण गर्न २ साताभन्दा बढी समय लाग्ने रहेछ । प्राविधिकरूपमा काम गर्दै जाँदा त्यस्तो नहुने रहेछ’ अनुभव सुनाउँदै पाठकले भने । उनका अनुसार आयोजनाको सुरुङमा पानी भर्न मात्रै १७ दिन लागेको थियो ।

विद्युतगृहमा पानी खसालेर उपकरणहरूको परीक्षण पूरा गरेपछि मात्रै आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने पाठकले जानकारी दिए । विद्युतगृहका उपकरणको वेट टेष्ट सकिएपछि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरी आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिदिनेछ ।

आयोजना सञ्चालन भएपछि उत्पादन हुने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि तिन्ला सबस्टेसनसम्मको प्रसारण लाइन प्रवद्र्धक कम्पनीले नै निर्माण गरेको छ ।

निजी क्षेत्रले स्वदेशी लगानीमा निर्माण पूरा गरी विद्युत उत्पादनको चरणमा पुर्याएको यो नै अहिलेसम्मको ठूलो आयोजना हो । सुख्खा याममा करिब ३४ मेगावाट उत्पादन दिने हुँदा भारतबाट हुने विद्युत आयात प्रतिस्थापन गर्न यो आयोजना महत्त्वपूर्ण हुनेछ ।

आयोजनामा ७.६५४ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ । निर्माण थालेको साढे ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादनको चरणमा पुर्याउन सफल भएको कम्पनीले जनाएकाे छ ।

यसअघि २०७८ चैतबाट विद्युत उत्पादन सुरु गर्ने तालिका रहेकोमा कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्या लगायत कारणले सम्भव हुन सकेको थिएन ।

सञ्चालनमा आएपछि सोलु दूधकोसीले वार्षिक ५२० गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । बर्खामा सबैभन्दा बढी ४१९.९३ गिगावाट घन्टा र हिउँदमा १००.२७ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

यो आयोजना सम्पन्न गर्न करिब १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ बराबर लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ ।

सोलु बेसिनमा सोलु दूधकोसीसहित ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसी लगायत आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।


Read Previous

मिस्ट्री खोलाको प्रवर्द्धक माउन्टेन इनर्जीको नवौं साधारणसभा भोलि

Read Next

धोबिखोला करिडोर धमाधम कालोपत्रे हुँदै

Leave a Reply

Your email address will not be published.