Nepal Purbadhar

विद्युतीय खरिद प्रणालीमा समस्या, मंगलबार अन्तिम म्याद भएका बोलपत्रको समयावधि थप


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालनमा ल्याइएको विद्युतीय खरिद प्रणालीमा मंगलबार प्राविधिक समस्या भएको छ ।

यसको कारण प्रणाली प्रयोगकर्तालाई कठिनाइ भएको छ ।

सहज पहुँच हुन नसकेको हुँदा विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०७४ को दफा ३१ को उपदफा १ को खण्ड (ग) बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणाली व्यवस्थापकले म्याद थप गरेका छन् ।

प्रणालीमार्फत मंगलबार अनलाईन दाखिला गर्ने अन्तिम म्याद भएका सम्पूर्ण बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्रको म्याद थप गरिएको अनुगमन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले एक सूचना जारी गरी मंसिर ६ गते अन्तिम म्याद भएका बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्रको म्याद मंसिर ७ गतेसम्म कायम गरिएको जानकारी दिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक समस्या चाडै समाधान गरिने बताएको छ ।


Read Previous

निजी क्षेत्रको विद्युत जडित क्षमता करिब १२ सय मेगावाट,बैशाख यता १७० मेगावाट प्रणालीमा थप

Read Next

अपि पावरले सिमरामा ५ मेगावाटको हरित हाइड्रोजन प्लान्ट राख्ने