Nepal Purbadhar

भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग


काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले सामूहिक रूपमा ३३ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। रकम जम्मा गरेको रसिद सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो।

एनसेल आजियाटाका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले रसिद हस्तान्तरण गरेका थिए। कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे पनि उपस्थित थिए।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ।

एनसेल आजियाटाले यसअघि पनि संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरिसकेको छ।


Read Previous

मन्त्रिपरिषद् बैठकका निर्णय: धितोपत्रमा अग्रिम करको व्यवस्था देखि न्यायाधीश बढुवासम्म

Read Next

प्रतिनिधिसभा नियमावलीका दुई विवादित व्यवस्था कार्यान्वयन नगर्नू-सर्वोच्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar