Nepal Purbadhar

रसुवा बाढीपछि बंगलादेश विद्युत् निर्यात रोकियो, भारततर्फ कटौती, पून: उत्पादन अनिश्चत


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि नेपालबाट बंगलादेश हुँदै आएको विद्युत् निर्यात रोकिएको छ। बाढीको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेपछि भारततर्फ हुँदै आएको विद्युत् निर्यातसमेत कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नेपालले चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो। बंगलादेश निर्यातका लागि सम्झौता गरिएका यी आयोजनाका संरचनामा भोटेकोशी बाढीले क्षति पुर्‍याएपछि विद्युत् निर्यात रोकिएको हो।

नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यातको अनुमति पाएको थियो। तर, रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएपछि निर्यातयोग्य विद्युत्को उपलब्धता घटेको छ।

बाढीबाट प्राधिकरण तथा निजी क्षेत्रका गरी १२ ओटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत क्षति पुगेको छ। प्रभावित आयोजनाबाट उत्पादन पुनः सुरू हुन नसकेसम्म विद्युत् निर्यातमा थप दबाब पर्ने देखिएको छ।

बाढीले आयोजनाका संरचनामा क्षति पुर्‍याउनुका साथै निर्माणाधीन आयोजनामा कार्यरत श्रमिक तथा कर्मचारीको खोज तथा उद्धारसमेत जटिल बनाएको छ।


Read Previous

प्रधानमन्त्री शाह र वर्षमान पुनबीच भेट, बाढीपछिको उद्धार तथा पूर्वाधार पुनः सञ्चालनबारे छलफल

Read Next

बाढी प्रभावित १२ जलविद्युत् आयोजनाका ९७४ जना अझै सम्पर्कविहीन, के गरिरहेको छ प्राधिकरण?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar