Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

फास्ट ट्र्याक आयोजना शुरु गरिएको १५ वर्षमा ३८ अर्ब मात्र खर्च


काठमाडौं । फास्ट ट्र्याक (काठमाडौं तराई मधेश दु्रतमार्ग) आयोजना सरकारी योजनामा पर्ने थालेपछि अहिलेसम्म कुल ३७ अर्ब ९६ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ ।

यो आयोजना आर्थिक वर्ष २०६४/६५ देखि बजेट तथा कार्यक्रममा समावेश हुन थालेको हो । तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहँदा आर्थिक वर्ष २०६४/६५ देखि २०७३/७४ सम्ममा ३ अर्ब ६७ करोड १३ लाख रुपैयाँ खर्च भएको थियो । यो आयोजनाको पूर्व तयारी र ट्र्याक खोल्नको लागि खर्च भएको हो ।

वार्षिक औसत खर्च करिब ७ अर्ब मात्र

अहिलेसम्मको खर्चलाई तुलना गर्ने हो भने वार्षिक औसत २ अर्ब ५३ करोड रुपैयाँ खर्च हुने गरेको देखिन्छ । सेनालाई दिनु अघि र पछिको खर्चलाई छुट्टाछुट्टै तुलना गर्दा भने सेनाले जिम्मा लिएपछि खर्च बढी भएको छ ।

सेनालाई दिनुअघिको १० वर्षमा कुल ३ अर्ब ६७ करोड खर्च भएको थियो यो भनेको वार्षिक ३६ करोड ७० लाख हाराहारी हो । जबकि सेनाले जिम्मा लिएपछि वार्षिक औसतमा ६ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको देखिन्छ ।

४ वर्षमा सम्पन्न गर्ने दायित्व, ५ वर्ष बित्दा बल्ल २१ प्रतिशत काम

त्यसपछि तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २१ बैशाख २०७४ मा नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय गर्यो । त्यसबेला सरकारले आयोजना ४ वर्षमा सम्पन्न गर्ने गरी सेनालाई हस्तान्तरण गरेको थियो ।

तर, तोकिएको समय सम्पन्न भए थप एक वर्ष थप हुँदा बल्ल २१ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको सामान्य काम मात्र भएका छन । सुरुङ र पुल निर्माणका महत्वपूर्ण काम प्रारम्भिक अवस्थामा नै छन् । वित्तीय प्रगति भने १९ दशमलव ५८ प्रतिशत पुगेको छ ।

आयोजनाको तयारीमा नेपाल सेनालाई आयोजना निर्माणको जिम्मा दिएपछि ३४ अर्व २९ करोड रुपैयाँ खर्च भएको काठमाडौं तराई÷मधेश दु्रतमार्ग सडक आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले जानकारी दिए ।

गत आर्थिक वर्षमा आयोजनाले करिब सतप्रतिशत काम गरेको छ । सेनाले सोमबार संसदको विकास तथा प्रविधि समितिमा गरेको प्रस्तुतिअनुसार गत आबमा भौतिक प्रगति ९९ दशमलव ८९ प्रतिशत भएको छ । त्यस्तै, वित्तीय प्रगति ९९ दशमलव ६१ प्रतिशत रहेको छ ।


Read Previous

मौद्रिक नीतिले थप तरलता अभाव सिर्जना गर्ने महासंघको भनाइ, पूवार्धार याेजना निर्माण प्रभावित हुने

Read Next

हरित रासायनिक मल उद्योग खोल्न समितिको सिफारिस,८ वर्षमा मल उत्पादनको युगमा पुर्याउने परिकल्पना

Leave a Reply

Your email address will not be published.