Nepal Purbadhar

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी।


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्।

उनका अनुसार कपडा र धागो उद्योग पुनः सञ्चालनसँगै कपासखेतीलाई पनि सँगसँगै अघि बढाइनेछ। उनले हेटौँडा कपडा उद्योग सबैभन्दा पहिले सञ्चालनमा ल्याइने जानकारी दिइन्।

मन्त्री कुमारीले कपडा र धागो उद्योग तथा कपासखेतीलाई एकैसाथ अघि बढाउने योजना रहेको भन्दै यी उद्योगहरू यही वर्ष सञ्चालनमा आउने बताइन्।

त्यसैगरी उनले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने प्रक्रिया अघि बढिसकेको पनि जानकारी दिइन्।


Read Previous

विश्व एआई सम्मेलन २०२६ चीनको साङ्घाईमा आयोजना हुने

Read Next

राहदानी ठेक्का प्रकरण: पक्राउ परेका एजेन्ट मनिन्द्र मल्लको विद्युत प्राधिकरण कनेक्सन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar