
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौं। सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै फेला परेपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।
खुम्बु आइसफल क्षेत्रमा उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। हिउँका कारण उनका हातखुट्टा प्रभावित भएको बताइएको छ।
एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौं ल्याइएका घटनालाई पर्वतारोहण क्षेत्रका सरोकारवालाहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन्।

