Nepal Purbadhar

राहदानी छपाइ ठेक्का प्रकरणमा थप दुई जना अख्तियारको नियन्त्रणमा


काठमाडौं। राहदानी छपाइको ठेक्का प्रक्रियासम्बन्धी अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई नियन्त्रणमा लिएको छ।

अख्तियारले राहदानी विभागका लेखा प्रमुख रामबहादुर बस्नेत र मुन्द्रिराज मल्ललाई मंगलबार राति नियन्त्रणमा लिएको हो। आयोग स्रोतका अनुसार विशेष अदालतले उनीहरूलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यसअघि सोमबार अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएको थियो।

राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियारले अनुसन्धान अघि बढाइरहेको छ। प्रकरणमा थप व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी रहेको जनाइएको छ।

यो पनि पढ्नुहोस्

सेटिङमा ६४ लाख ई-पासपोर्टको ठेक्का, राहदानी विभागका महानिर्देशक पक्राउ, यस्तो छ सेटिङको नालीबेली

सेटिङमा ६४ लाख ई-पासपोर्टको ठेक्का, योग्यता नै नपुग्ने कम्पनीलाई चलखेल गरेर दिइयो दुईटै प्याकेज!

सेटिङमा ठेक्का, पासपोर्टको अभावको जोखिम बढ्यो


Read Previous

अध्ययन बिदा लिएर नफर्किएका शिक्षक-कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

Read Next

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar