Nepal Purbadhar

राहदानी ठेक्का प्रकरण: पक्राउ परेका एजेन्ट मनिन्द्र मल्लको विद्युत प्राधिकरण कनेक्सन


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइको ठेक्का प्रक्रियासम्बन्धी अनियमितता प्रकरणमा थप दुई जनालाई नियन्त्रणमा लिएको छ।

अख्तियारले राहदानी विभागका लेखा प्रमुख रामबहादुर बस्नेत र मनिन्द्र मल्ललाई मंगलबार राति नियन्त्रणमा लिएको हो । आयोग स्रोतका अनुसार विशेष अदालतले उनीहरूलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यसअघि सोमबार अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएको थियो।

राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियारले अनुसन्धान अघि बढाइरहेको छ। प्रकरणमा थप व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी रहेको जनाइएको छ।

को हुन मनिन्द्र मल्ल ?

मनिन्द्र मल्ल तिनै व्यक्ति हुन् जो विभिन्न काण्डहरुमा मुछिएका छन् । भीओआईपीमार्फत कलबाइपास गरेको प्रकरणमा सन् २०१० जनवरीमा पक्राउ परेका थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको मान्छे हुँ भन्दै नेपाल विद्युत प्राधिकरणमा समेत हस्तक्षेप गरेका थिए ।

जसले हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा ठेक्कापट्टा मिलाउने काम समेत गर्थे । शाक्यलाई बाइपास गरेर कर्मचारी सरुवा र ठेक्कापट्टाको काम गर्ने गरेको स्रोतको दाबी छ ।

मल्ल अहिलेका निमित्त कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठसंग समेत निकट छन् । स्रोतका अनुसार सबै काम श्रेष्ठले मल्लको इसारामा गर्ने गरेका छन् ।


Read Previous

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने

Read Next

प्रत्येक नेपालीको थाप्लोमा करिब १ लाख ऋण, विकास बजेटभन्दा बढी साँवा-ब्याजमा खर्चिनुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar