
Drone shot of the Gautam Buddha International Cricket Stadium is a major, Under-construction cricket nenue in Bharatpur, Chitwon. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
चितवन। रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण कार्य पुनः शुरू भएको छ।
बागमती प्रदेश सरकारबाट बजेट निकासा ढिलाइ हुँदा भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना काम रोकेको थियो। तर हाल प्रदेश सरकारले रु नौ करोड निकासा गरेपछि निर्माण कार्य पुनः शुरू भएको भरतपुर महानगरपालिकाकाले जानकारी दिएको छ।
महानगरपालिकाका अनुसार निर्माण कम्पनीलाई बिलअनुसारको भुक्तानी भइसकेको छ। रङ्गशालाको निर्माण कार्य हिमालयन कालिञ्चोक बिबिआर जेभीले गरिरहेको छ।
ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिनेछ। हालसम्म करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ। विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच रु ७५ करोड ५० लाख ९१ हजार १८९ को लागतमा २०८३ पुस २२ गतेभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
यसअघि धुर्मस–सुन्तली फाउन्डेशनले काम पूरा गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत निर्माण कार्य अघि बढाएको हो।


