Nepal Purbadhar

कर्णालीले २० मेगावाटसम्मका जलविद्युत् आयोजना आफैं निर्माण गर्ने


काँक्रेविहार (सुर्खेत)। संघीय सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा २० मेगावाटसम्मका जलविद्युत् आयोजना आफैं निर्माण गर्ने भएको छ।

‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत सञ्चालन हुने यी आयोजना कर्णालीवासीको शेयर लगानीमार्फत अगाडि बढाइने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोशीले जानकारी दिएका छन्।

त्यस्तै, डोल्पामा निर्माणाधीन जगदुल्ला ‘ए’ लगायतका जलविद्युत् आयोजना पनि प्रदेश सरकारकै लगानीमा अघि बढाइने भएको छ।

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् तथा मिनी ग्रिडमार्फत विद्युत् पहुँच विस्तार गर्ने उल्लेख गरिएको छ।


Read Previous

गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण कार्य पुनः शुरू

Read Next

कालिमाटी–कुलेश्वर करिडोर विस्तारपछि भीममुक्तेश्वर क्षेत्रमा आवतजावत सहज- तस्वीरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar