Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई विद्युतीय चुलो निशुल्क वितरण गर्न आवेदन माग


काठमाडौं । सरकारले काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो वितरण गर्न आवेदन माग गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लोपोन्मुख, आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीको लागि सूचना जारी गरी आवेदन खुला गरेको हो ।

काठमाडौँ बाहिरवाट उपत्यका आएर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने तोकिएका वर्गका विद्यार्थीले आवेदन भर्न सक्नेछन् । सरकारी र सामुदायिक शिक्षण संस्थामा अध्ययनरतले यो सुविधा पाउनेछन् । एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत पु¥याउन विद्युतीय चुलो उपलब्ध गराउन लागेको हो ।

यसले विद्युतीय चुलो प्रवद्धन गर्नका लागि सहयोग पुग्ने केन्द्रको भनाइ छ । इच्छुक विद्यार्थीले ९ असार २०७९ भित्रमा आवेदन दिइसक्नुपर्नेछ । त्यसका लागि अनिवार्य रुपमा अनलाइन फाराम भरी इमेलमा आएको टोकन नम्बर निवेदनमा समावेश गरी केन्द्रमा बुझाउनुपर्नेछ

आवेदन भर्नको लागि तीन वटा काजगपत्र पेस गर्नुपर्नेछ । पहिलो नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, दोस्रो, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि र तेस्रो लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्ग खुन्ने परिचयपत्र प्रतिलिपि सिफारिस पेस गर्नुपर्नेछ । । अनलाइन फाराम मात्र भनेका विद्यार्थीको आवेदन स्वतः रद्द हुने व्यवस्था गरिएको छ ।


Read Previous

विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन र पीपीए खोल्न इप्पानको माग

Read Next

वैदेशिक राेजगारीबाट फर्किएका कामदारलाई सघाउन स्वीट्जरल्याण्डको ८६ करोड सहयोग

Leave a Reply

Your email address will not be published.