Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

वैदेशिक राेजगारीबाट फर्किएका कामदारलाई सघाउन स्वीट्जरल्याण्डको ८६ करोड सहयोग


काठमाडौं । वैदेशिक राेजगारीबाट फर्किएका कामदारलाई देशमै पुनस्र्थापना गर्ने परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ (६.८ मिलियन स्वीस फ्र्यांक) सहयोग गर्ने भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा परियोजना सहयोग सम्बन्धी सहमति पत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयकाका अन्तर्राष्ट्रिय आर्थिक सहयोग संयोजन महाशाखाका प्रमुख इश्वरीप्रसाद अर्याल र स्वीस सरकारको तर्फबाट काठमाडौंस्थित स्वीजरल्याण्ड दुताबासका चार्ज डी अफियर्स सिल्भाना होगबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

यो परियोजनाले बाहिर काम गरेर फर्केका कामदारलाई नेपालमै पुनस्र्थापना गर्न र सामाजिक, सास्कृति, आर्थिक र राजनीतिक क्षेत्रमा सक्रिय बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ । त्यस्तै, फर्किका कामदरको क्षमता, अनुभव र ज्ञानलाई अभिवृद्धि गर्न तथा उपयोग गर्नको लागि सहयोग गर्नेछ ।

यो परियोजना प्रदेश १ र मधेश प्रदेशका २० वटा स्थानीय तहमा कार्यान्वयन हुनेछ । यो कार्यक्रम ४ वर्षसम्म सञ्चालन हुने छ र सन् २०२२ भित्रै थालनी हुनेछ । सहयोग रकम सरकारको बजेट प्रणालीमार्फत खर्च हुनेछ ।

सहमति पत्रमा हस्ताक्षर गरेपछि अर्थ मन्त्रालयकाका अन्तर्राष्ट्रिय आर्थिक सहयोग संयोजन महाशाखाका प्रमुख इश्वरीप्रसाद अर्यालले स्वदेश फर्किएका कामदारलाई समाजमा पुनस्र्थापना गर्न र उनीहरुको भावी योजनालाई परिभाषित गरी जीवनशैलीलाई अघि बढाउन महत्वपूर्ण हुने बताए । ‘नेपालको सामाजिक आर्थिक विकासमा स्वदेश फर्किएका कामदारको ज्ञान, पुँजी र अनुभव महत्वपूर्ण हुनेछ’ उनले भने ।

स्वीट्जरल्याण्ड दुताबासका चार्ज डी अफियर्स सिल्भाना होग विकासलाई स्वदेश फर्किएर आएका कामदारसँग जोड्न सके ठूला सम्भावनाको ढोका खोल्ने बताइन् । आप्रवासमार्फत विकासको लामो अनुभव स्वीट्जरल्याण्डसँग रहेको र नेपालमा पपन एक दशकभन्दा लामो समयदेखि संलग्न रहेको उनको भनाइ छ । ‘स्वीट्जल्याण्ड स्वदेश फर्किएर आएका कामदारलाई सहयोग पुग्ने गरी नेपाल सरकारले बनाएका नीति तथा कार्यक्रम कार्यन्वयनमा सहयोग गर्न प्रतिवद्ध छ’ उनले भनिन् ।


Read Previous

काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई विद्युतीय चुलो निशुल्क वितरण गर्न आवेदन माग

Read Next

सम्पत्ति मौद्रिकीकरण भनेको के हो ?

Leave a Reply

Your email address will not be published.