Nepal Purbadhar

विदेशी लगानी हुने भनिएको माथिल्लो कर्णालीमा नेपाली बैंकले ४२ अर्ब लगानी गर्ने भएपछि निजी क्षेत्र चिन्तित

सांकेतिक तस्बिर


काठमाडौं । भारतीय लगानी निर्माण हुने भनिएको ९०० मेगावाट जडित क्षमताको माथिल्लो कर्णालीमा नेपाली बैंकहरुले ४२ अर्ब रुपै‍याँ लगानी गर्ने भएपछि निजी क्षेत्र चिन्तित बनेको छ ।

भारतीय कम्पनी जिएमआरले माघ २ गते लगानी बोर्डको कार्यालयमा फाइनान्सिल क्लोजरको कागजात पेस गरेको छ । जसमा नेपाली बैंकले ४२ अर्ब रुपैयाँ लगानी गर्ने उल्लेख छ । डेढ खर्ब रुपैयाँको यो आयोजनामा ६ वटा नेपाली बैकले लगानी गर्न लागेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की विदेशी लगानी हुने भनिएको परियोजनामा नेपाली बैंकले अर्बौं रुपैयाँ लगानी गर्दा स्वदेशी प्रवर्धकहरुले ऋण नै नपाउने अवस्था आउने बताउँछन् । ‘यसरी विदेशी परियोजनामा नेपाली बैंकले लगानी गर्न थाले भने बैंकहरुको ऊर्जामा लगानी गर्नुपर्ने सेक्टर लिमिट सकिन्छ,’ उनले भने, ‘धेरै नेपाली प्रवर्धकले फाइनान्सियल क्लोजर गर्न नसक्ने अवस्था आउँछ ।’

Facebook Comments

Read Previous

नेपालमा एक लाख भन्दा बढी अवैध भेप बरामद , कसले ल्याइरहेको छ ?

Read Next

सोलारको परियोजनामा स्थानीय तहको सिफारिस अनिवार्य लिनैपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar