Nepal Purbadhar

सोलारको परियोजनामा स्थानीय तहको सिफारिस अनिवार्य लिनैपर्ने


काठमाडौं । सोलारको परियोजना निर्माण गर्दा अनिवार्य रुपमा स्थानीय तहको सिफारिस लिनुपर्ने भएको छ ।

विद्युत विकास विभागले कार्यविधीमा ने संशोधन गरेर स्थानीय तहको सिफारिस अनिवार्य गरेको हो ।  ग्रिड कनेक्टेड वैकल्पिक विद्युत विकास सम्बन्धी कार्यविधि-२०७८ संशोधन गरेर स्थानीय तहको स्वीकृति चाहिने व्यवस्था गरेको हो । विद्युत विकास विभागका एक अधिकारीका अनुसार आजै कार्यविधी संशोधन गरेको हो । यस अघि सिंचाई विभागको स्वीकृति चाहिन्थ्यो । अब स्थानीय तहको सिफारिस भए पुग्छ । ‘कानुनी रुपमा हामीले भुमी वर्गीकरण स्थानीय तहले गर्ने भएकाले यस्तो कार्यविधी बनाएका हौं,’ विद्युत विकास विभागका एक इन्जिनियरले भने, ‘स्थानीय तहले खेतीयोग्य जमिनमा सिफारिस दिैदैनन् ।’


Read Previous

विदेशी लगानी हुने भनिएको माथिल्लो कर्णालीमा नेपाली बैंकले ४२ अर्ब लगानी गर्ने भएपछि निजी क्षेत्र चिन्तित

Read Next

विद्युत नियमन आयोगको किस्ताबन्दी सुविधा दिएर बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिने तयारी