Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सरकार जलविद्युत क्षेत्रकाे विकासका लागि लगानीमैत्री वातावरण बनाउन सधैं सकारात्मक छः ऊर्जामन्त्री बस्नेत


काठमाडाैं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत क्षेत्रकाे विकासमा सरकार समस्या जन्माउन नभइ समाधान गरी लगानीमैत्री वातावरण बनाउन लागिपरेकाे बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था, नेपाल (इपान) ले साेमबार आयाेजना गरेकाे वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया र दीर्घकालिन महत्त्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

उनले सरकारले केही गरेन भनेर बाहिर बहस र छलफल गर्ने भन्दा एक आपसमा समन्वय गरी समाधानको बाटोमा जानु आजको आवश्यकता भएको बताए । उनले जलविद्युतको विकासको लागि समस्या बल्झाउने र जन्माउने मात्रै नभएर समस्या बाँकी राख्ने उद्देश्य सरकारको नभएको दाबी गरे ।

उनले जलविद्युत क्षेत्रमा देखिएका नीतिगत,वन तथा वातावरण क्षेत्रमा देखिएका समस्या समेत समाधान गरेर लैजाने सरकारको योजना रहेको बताए । उनले  सरकार र निजी क्षेत्र आरोप प्रत्यारोप भन्दा पनि आपसी समन्वय गरेर जाँदा मात्रै जलविद्युतको विकास हुने बताए ।

मन्त्री बस्नेतले निजी क्षेत्र र राज्य निजी साझेदारीको बाटोमा जाँदा मात्रै मुलुकले समृद्धि हासिल गर्ने दाबी समेत गरे । ‘मुलुकमा जलविद्युत विकासकाे अहिलेकाे अवस्था हेर्दा याे क्षेत्रमा भविश्यका लागि धेरै आशावादी हुने ठाउँ  छ,’ उनले भने, ‘ पछिल्लो ८ वर्षमा २५ सय मेगावटा विद्युत उत्पादन हुनु र अबको १२ वर्षमा साढे २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने गतिमा सरकार अघि बढ्नुले देश विकासकाे गतिमा अघि बढेकाे प्रष्ट देखिन्छ ।’

उनले देशमा लगानीमैत्री वातावरण बन्दै गएकाले सरकारसँग समन्वय र सहकार्य गरेर  अघि बढ्न निजी क्षेत्र सरकारसँग आग्रह गरे । ऊर्जा मन्त्री बस्नेतले जलविद्युतको विकासका लागि सबैले सन्तुलित ढङ्गले सोच्नुपर्ने आवश्यकता रहेको बताए । उनले विकास गर्नेले वातावरणको विषय र वातावरणको संरक्षण गर्नेले विकासको महत्त्व बुझ्न जरुरी रहेकोमा उनले जाेड दिए ।


Read Previous

ट्र्याक खुलेको २० वर्षपछि बल्ल गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै   

Read Next

अनुमति लिएर अघि बढेका आयोजना खारेज गर्न मुद्दा पर्नुले निजी क्षेत्रलाई समस्यामा पारेकाे छः अध्यक्ष कार्की

Leave a Reply

Your email address will not be published.