Nepal Purbadhar

स्लेन इलेक्ट्रिक स्कुटर नेपाली बजारमा,जमुनी अटो सेन्टर आधिकारिक आयातकर्ता तथा वितरक


काठमाडाैं । जमुनी अटो सेन्टर प्रालिले नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। हालै स्थापना भएको जमुनी अटोले काठमाडाैंको भृकुटीमण्डवमा बुधबार कार्यक्रम गरी नेपालकै आफ्नो पहिलो तथा मुख्य शो-रुमको औपचारिक उद्घाटन गरेको हाे ।
स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर इलेक्ट्रिक स्लेन सार्वजनिक गरेकाे छ । ३५ सय वाट क्षमता भएको र ७२ भि ५२ एच ब्याट्री पावर भएको स्लेन इलेक्ट्रिक स्क्टुर रातो, कालो, खैरो, सेतोसहित ५ वटा आकर्षक रंगहरूमा उपलब्ध छन्।
यो इलेक्ट्रिक स्क्टुर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको र यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको जमुनी अटो सेन्टर प्रालिकी अध्यक्ष डा. मनोरमा जैसवालले बताइन् ।
निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू तथा चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरुले भित्र्याउन लागेको जैसवालले बताइन्। चीनमा निर्मित स्लेनका ईलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चीनियाँ अटोमोबाइल्स बजारमा छैटौं स्थानमा पर्दछन्।
स्लेन इलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ। बुधबार १ हजार रुपैयाँ तिरेर इलेक्ट्रिक स्कुटर बुकिङ गरेका ग्राहकले २५ हजार नगद छुट पनि प्राप्त गरेका छन् ।
स्कुटर बुकिङ गरेका पहिलो ५० जना ग्राहकमध्येबाट भाग्यशाली एक जनाले १ लाख रुपैयाँको बम्पर उपहार पाउने जमुनी अटो सेन्टरले जनाएको छ। जमुनी अटो सेन्टर प्रालिले पोखरा र बाग्लुङमा पनि आफ्नो नयाँ शो-रूमहरू सञ्चालनमा ल्याएको छ।
Facebook Comments

Read Previous

इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

Read Next

मध्यभोटेकोसीको विद्युत खेर गए गुमेकाे आम्दानी बाह्रबिसे सबस्टेसनकाे ठेकेदारबाट असुल्ने प्राधिकरणकाे चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar