Nepal Purbadhar

इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण     


काठमाडाैं । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्सको उडान नम्बर ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि आकस्मिक अवतरण गरिएको हाे ।

जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौंतर्फ फर्काइएको विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाले जानकारी दिए । उनका अनुसार उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको छ ।

जहाज अवतरणपछि अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको उनले बताए । काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए । त्यस लगत्तै धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।


Read Previous

चालू आर्थिक वर्षकाे ८ महिनामा ९ हजार पर्यटक ढोरपाटन पुगे ,२२ लाख बढी राजश्व संकलन

Read Next

स्लेन इलेक्ट्रिक स्कुटर नेपाली बजारमा,जमुनी अटो सेन्टर आधिकारिक आयातकर्ता तथा वितरक