Nepal Purbadhar

बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024

बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

स्लेन इलेक्ट्रिक स्कुटर नेपाली बजारमा,जमुनी अटो सेन्टर आधिकारिक आयातकर्ता तथा वितरक


काठमाडाैं । जमुनी अटो सेन्टर प्रालिले नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। हालै स्थापना भएको जमुनी अटोले काठमाडाैंको भृकुटीमण्डवमा बुधबार कार्यक्रम गरी नेपालकै आफ्नो पहिलो तथा मुख्य शो-रुमको औपचारिक उद्घाटन गरेको हाे ।
स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर इलेक्ट्रिक स्लेन सार्वजनिक गरेकाे छ । ३५ सय  वाट क्षमता भएको र ७२ भि ५२ एच ब्याट्री पावर भएको स्लेन इलेक्ट्रिक स्क्टुर रातो, कालो, खैरो, सेतोसहित ५ वटा आकर्षक रंगहरूमा उपलब्ध छन्।
यो  इलेक्ट्रिक स्क्टुर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको र यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको जमुनी अटो सेन्टर प्रालिकी अध्यक्ष डा. मनोरमा जैसवालले बताइन् ।
निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू तथा चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरुले भित्र्याउन लागेको जैसवालले बताइन्। चीनमा निर्मित स्लेनका ईलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चीनियाँ अटोमोबाइल्स बजारमा छैटौं स्थानमा पर्दछन्।
स्लेन इलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ। बुधबार १ हजार रुपैयाँ तिरेर इलेक्ट्रिक स्कुटर बुकिङ गरेका ग्राहकले २५ हजार नगद छुट पनि प्राप्त गरेका छन् ।
स्कुटर बुकिङ गरेका पहिलो ५० जना ग्राहकमध्येबाट भाग्यशाली एक जनाले १ लाख रुपैयाँको बम्पर उपहार पाउने जमुनी अटो सेन्टरले जनाएको छ।  जमुनी अटो सेन्टर प्रालिले पोखरा र बाग्लुङमा पनि आफ्नो नयाँ शो-रूमहरू सञ्चालनमा ल्याएको छ।

Read Previous

इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण     

Read Next

मध्यभोटेकोसीको विद्युत खेर गए गुमेकाे आम्दानी बाह्रबिसे सबस्टेसनकाे ठेकेदारबाट असुल्ने प्राधिकरणकाे चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *