Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा    सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियाे 


भरतपुर । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो ।

दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास गरेका छन् । सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताए ।

भारतले चितवनमा ९ वटा योजनाका लागि लगानी गरिसकेको उल्लेख गर्दै उनले खैरहनीमा यो लगानी दोस्रो भएको जानकारी दिए । उनले तटबन्धका लागि समय धेरै बाँकी नरहेको भन्दै तीव्र गतिमा काम गर्न आग्रह गरे ।

नगर प्रमुख खनियाँले नगरपालिकाले तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । समयमै काम सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उनकाे भनाइ थियो । खैरहनी नगरपालिका-७ र १० को सीमा भएर बग्ने सो खोलामा ४ करोड ५ लाख ९८ हजार रुपैयाँ लागतमा तटबन्ध निर्माण सुरु भएको हो ।

गत बैशाखमै सुरु हुनुपर्ने काम स्थानीय तह निर्वाचन तथा मङ्सिरमा भएको सङ्घ र प्रदेशको निर्वाचनका कारण ढिला भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी  दिए । १५ महिनाभित्र सम्पन्न गर्ने गरी गत बैशाखमा ठेक्का सम्झौता भएको थियो ।

कूल बजेटमध्ये ७५ प्रतिशत दूतावास तथा २५ प्रतिशत नगरपालिकाको छ । नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठका अनुसार सुल्तनास्थित ढुङ्ग्रे खोलामा रहेको पुलभन्दा पश्चिततर्फ दुई सय मिटर तथा पुलभन्दा माथि पूर्वपट्टि एक हजार नौ सय २० मिटर तटबन्ध निर्माण गरिनेछ ।


Read Previous

कालीगण्डकी काेरिडोरअन्तर्गत पिपलडाँडा-गैंडाकोट सडक खण्डकाे निर्माण सुरु

Read Next

उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला

Leave a Reply

Your email address will not be published.