Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

१०९ दिनभित्र सबै सरकारी गाडीमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य


काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सञ्चालन भएका सम्पूर्ण सरकारी सवारी साधनमा १०९ दिनभित्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै फाल्गुण (१०९ दिन) मसान्तभित्रै सबै सरकारी गाडीमा अनिवार्य ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले २८ कात्तिक २०७९ सम्पूर्ण सरकारी, संस्थान, संघ, प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा अनिवार्य ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको हो ।

ईम्बोस्ड नम्बर प्लेट दर्ताका लागी अनलाइन आवेदन (www.dotm.gov.np)  मा दिन सकिन्छ ।

विभागका अनुास र नजिकको यातायात व्यवस्था कार्यलयमा गई राजश्व तिरी नम्बर प्लेट जडान गर्न सकिन्छ ।

मन्त्रालयले काठमाडौं उपत्यकाको हकमा भने यातायात व्यवस्था कार्यालयमा गई राजश्व बुझाएपछि यातायात व्यवस्था विभागमा गई नम्बर प्लेट जडान गर्न सक्ने व्यवस्था गरेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारी साधनको चोरी, राजश्व छली र अपराधीकरण नियन्त्रण हुने बताउदै आएको छ ।


Read Previous

एसियन हाइड्रोपावरलाई साधारण सेयर निष्कासन गर्न बोर्डको अनुमति

Read Next

‘फास्ट ट्र्याक’ मा विष्फोटक पदार्थको अभाव छैन: सेना

Leave a Reply

Your email address will not be published.