Nepal Purbadhar

नाट्टाले गठन गर्‍यो विभिन्न समिति, एपीजेसी र उड्डयन समितिको संयोजकमा लोहनी


काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विधानअनुसार विभिन्न समिति गठन गरेको छ। नाट्टाको ५९औं वार्षिक साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिको चौथो बैठकले समितिहरू गठन गरेको हो।

नाट्टामा हाल २३ ओटा समिति रहने व्यवस्था छ। नाट्टा अध्यक्ष भरतजंग पाण्डेले समितिका संयोजकहरूलाई जिम्मेवारी, कार्यक्षेत्र तथा कार्यसम्बन्धी पत्र हस्तान्तरण गरेका छन्।

एपीजेसी, आईएटीए तथा उड्डयन समितिको संयोजकको जिम्मेवारी कार्यसमिति सदस्य प्रकाश लोहनीलाई दिइएको छ। लोहनी लामो समयदेखि पर्यटन तथा ट्राभल व्यवसायमा सक्रिय छन्।

जिम्मेवारी पाएपछि लोहनीले आईएटीए, एयरलाइन्स तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै नाट्टाका सदस्य एजेन्सीहरूले उड्डयन क्षेत्रमा भोग्दै आएका समस्या समाधानका लागि काम गर्ने बताए।


Read Previous

पासपोर्ट ठेक्कामा आइडिमियाका तीनओटै रिट खारेज, जर्मन कम्पनीको ठेक्का कायम

Read Next

बन्द सेयर बजार भोलिदेखि खुल्ने, एक साताभित्र जाँचबुझ गरि प्रतिवेदन दिन सेबोनको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar