Nepal Purbadhar

एक हप्तामा ट्रायम्फका चार ३एस सुविधा सहितका शोरुम सञ्चालनमा, चावहिल-बौद्धमा पनि विस्तार


काठमाडौं। विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौँ उपत्यकामा आफ्नो नेटवर्क विस्तार गर्दै चावहिल-बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

ट्रायम्फ नेपालको आधिकारिक डिलर जेन्स पाल गियर्सले सञ्चालनमा ल्याएको नयाँ शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस सुविधा उपलब्ध हुनेछ। ग्राहकले शोरुमबाट ट्रायम्फका मोटरसाइकल खरिदसँगै आधिकारिक सर्भिसिङ र ओरिजिनल स्पेयर पार्ट्सको सुविधा पनि लिन सक्नेछन्।

कम्पनीका अनुसार चावहिल-बौद्ध शोरुम सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाका ग्राहकलाई बिक्रीपछिको सेवा तथा मर्मतका लागि सहज भएको छ।

ट्रायम्फ नेपालले एकै हप्तामा देशका चार स्थानमा नयाँ ३एस शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीले धनगढी, दाङ, हेटौंडा र चावहिल-बौद्धमा नयाँ शोरुम विस्तार गरेको हो।

कम्पनीले यो विस्तारलाई नेपालको मिड-प्रिमियम मोटरसाइकल बजारमा आफ्नो नेटवर्क विस्तारको महत्वपूर्ण चरणका रूपमा लिएको छ। चारै शोरुममा बिक्रीसँगै आधिकारिक सर्भिसिङ र ओरिजिनल स्पेयर पार्ट्सको सुविधा उपलब्ध गराइएको छ।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले एकै हप्तामा चारवटा पूर्ण ३एस शोरुम थपिनुले देशभर ट्रायम्फको ग्राहक तथा राइडर समुदाय विस्तार भइरहेको बताए। ग्राहकले जहाँबाट मोटरसाइकल खरिद गरे पनि एउटै छानामुनि बिक्री, सेवा र स्पेयर पार्ट्सको सुविधा पाउने व्यवस्था गरिएको उनले बताए।

त्यस्तै, ट्रायम्फ चावहिल-बौद्धका रोहन शाहीले नयाँ शोरुमले उपत्यकाको यस क्षेत्रका राइडरलाई ट्रायम्फको सेवा लिन सहज बनाएको बताए। आधिकारिक डिलरका रूपमा बिक्री, सर्भिस र ओरिजिनल स्पेयर पार्ट्समा भरपर्दो सेवा दिने लक्ष्य रहेको उनले बताए।

कम्पनीका अनुसार नयाँ विस्तारसँगै ट्रायम्फको सेवा सुदूरपश्चिमको धनगढीदेखि लुम्बिनीको दाङ, मुख्य राजमार्ग क्षेत्रको हेटौंडा हुँदै काठमाडौँ उपत्यकासम्म पुगेको छ।


Read Previous

जीर्ण पुलले स्थानीय र पर्यटकलाई सास्ती, असोजभित्रै बेलिब्रिजको ठेक्का

Read Next

बाढीपहिरो प्रभावित जिल्लाको क्षति विवरण एक महिनाभित्र तयार गर्न संसदीय समितिको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar