Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

पेट्रोलियम खपत घटाउन कन्काई नगरले किन्याे विद्युतीय सवारी


झापा । झापास्थित कन्काई नगरपालिकाले पेट्राेलियम खपत घटाउन विद्युतीय सवारी खरिद गरेको छ । नगरपालिका बढ्दो पेट्रोलियम पदार्थको खपत घटाइ विद्युत खपत बढाउन पहिलो चरणमा २ वटा २ पाङ्ग्रे विद्युतीय सवारी खरिद गरेको हो ।

बढ्दो इन्धन आयात घटाउन र विद्युतकाे प्रयोग बढाउन विद्युतीय सवारी साधन खरिद गरिएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । “विद्युत उत्पादनमा नेपाल आत्मर्निभर बन्दै गएको छ”, उनले भने, “तर, पनि समय अनुकूल विद्युत प्रयोग हुन सकेको छैन । यही कारण हामी पनि विद्युतीय सवारी खरिद गर्ने निर्णयमा पुगेका हाैं ।”

उनले विद्युतीय सवारी साधनकाे उपयाेगले विद्युत खपत बढ्नुका साथै पेट्रोलियम पदार्थकाे आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताए । आफ्नै मुलुकमा उत्पादित ऊर्जा प्रयोग गरेर आफैं समृद्ध बन्नेतर्फ स्थानीयस्तरबाट कदम चालिनुपर्ने उनकाे भनाइ छ ।

इन्धन खर्चलाई मितव्ययी बनाउन, वातावरण र ध्वनि प्रदूषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणका लागि विद्युतीय मोटरसाइकल र स्कुटर खरिद गरेको नगरप्रमुख पोखरेलले बताए । अहिले परीक्षणका लागि दुई वटा सवारी साधन खरिद गरेसँगै कन्काईमै २ वटा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरिरहेको नगरपालिकाका योजना प्रमुख विवेक भण्डारीले बताए ।


Read Previous

अमेरिका र स्वीट्जरल्याण्ड उडान सम्झौता गर्न सरकारकाे सैद्धान्तिक स्वीकृति   

Read Next

ऊर्जा मन्त्रालय र जल तथा ऊर्जा आयोगका सचिवको जिम्मेवारी हेरफेर, सिँचाइमा बिडारी नियुक्त

Leave a Reply

Your email address will not be published.