Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

अमेरिका र स्वीट्जरल्याण्ड उडान सम्झौता गर्न सरकारकाे सैद्धान्तिक स्वीकृति   


 काठमाडाैं । नेपाल सरकारले अमेरिका र स्वीट्जरल्याण्ड दुईतर्फी हवाई उडान सम्झौता गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । करिब ३ महिना अगाडि अमेरिका र स्वीट्जरल्यान्डबीच दुईपक्षीय सीधा उडान प्रक्रिया सुरु गर्ने प्रारम्भिक सम्झौता भएपछि सरकारले थप प्रक्रिया अघि बढाउन स्वीकृति दिएको हो ।

यसका लागि अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले दुईतर्फी उडान सम्झौताका लागि प्रारम्भिक पत्राचार गरेको बताइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृति पाएसँगै यी दुई देशसँगको हवाई उडान सम्झौता प्रक्रिया सुरु गर्ने तयारी भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार अमेरिका र स्वीट्जरल्याण्डले दुईतर्फी सीधा उडान गर्न चासो देखाएसँगै पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा आवश्यक प्रक्रिया थाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । यसअघि नेपाल वायुसेवा निगमले बोइङ दोहा ट्रान्जिट हुँदै नेपाल–स्वीट्जरल्याण्ड उडान गरेको थियो ।

यी मुलुकसँग दुईतर्फी हवाई सम्झौता भएसँगै नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सीधा उडान गर्नसक्ने जनाइएको छ । हाल नेपालमा टर्किस, कतार एयरवेज, सिङ्गापुर, थाइलगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् ।

यसैगरी, सरकारले इन्डोनेसिया र रुवान्डासँगको हवाई उडान प्रक्रिया पनि अगाडि बढाएको बताइएको छ । अफ्रिकी मुलुक रुवान्डाले परराष्ट्र मन्त्रालयमार्फत दुईपक्षीय उडान सम्झौताका लागि प्रस्ताव पेस गरेको प्राधिकरणले जनाएको छ । विश्व उड्डयन सुरक्षा मापदण्डअनुसार ७० प्रतिशतभन्दा बढी कायम भइसकेका कारण यी मुलुकतर्फ दुईतर्फी उडानका लागि कुनै असर नपर्ने प्राधिकरणको दाबी छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालले कूल ४० वटा मुलुकसँग दुईतर्फी सीधा उडानको सम्झौता गरिसकेको र ४० मध्ये २० वटा गन्तव्यमा नियमित व्यावसायिक उडान हुँदै आएको छ ।


Read Previous

क्षतिपूर्ति नदिइँदा नारायणगढ-मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ  

Read Next

पेट्रोलियम खपत घटाउन कन्काई नगरले किन्याे विद्युतीय सवारी

Leave a Reply

Your email address will not be published.