Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

के छन् नेपाली कांग्रेसको घोषणापत्रमा भौतिक पूर्वाधारका एजेण्डा ?


काठमाडौं । नेपाली कांग्रेसले आसन्न ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र शनिवार सार्वजनिक गरेको छ । घोषणापत्रमा भौतिक पूर्वाधारको विषयलाई उच्च महत्व दिएको छ ।

कांग्रेसले नयाँ पूर्वाधार योजना घोषणाभन्दा पनि निर्माणाधीन आयोजना सम्पन्न गर्ने विषयलाई घोषणापत्रमा उल्लेख गरेको छ । आगामी ५ वर्षभित्रमा आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसंख्या ७५ प्रतिशत पुर्याउने, सुरक्षित घरमा बसोबास गर्ने परिवारको संख्या ५५ प्रतिशत र राष्ट्रिय गौरवका सबै निर्माणाधीन आयोजना सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ ।

त्यस्तै, विद्युत उत्पादन १० हजार मेगावाट पुर्याउने, प्रतिव्यक्ति विद्युतीय उर्जा खपत १ हजार २ सय युनिट र ४ सय केभीको पूर्व पश्चिम प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ ।

पर्यटनमा पनि कांग्रेसले महत्वाकांक्षी लक्ष्य राखेको छ । आगामी ५ वर्षमा वार्षिक २० लाख पर्यटक भित्राउने, दैनिक पर्यटक खर्च १ सय डलर पुर्याउने र कुल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदा ५ प्रतिशत पुर्याउने राखिएको छ । काग्रेसले पूर्वाधारका यातायात, ऊर्जा, सिचाई खानेपानी, सञ्चार र पर्यटन क्षेत्रलाई उल्लेख गरेको छ ।

क्षेत्रगत रुपमा कांग्रेसको एजेण्डा यस्ता छन् :

यातायात 

आगामी ५ वर्षभित्र पूर्वपश्चिम लोकमार्ग र मग्लिङदेखि पोखरासम्मको पृथ्वी लोकमार्ग चार लेनको बनाउने, निजगढ काठमाडौ दु्रतमार्ग सञ्चालनमा ल्याउन उल्लेख छ । हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्गलाई सम्पन्न गरिनेछ । मनाङदेखि मुस्ताङ हुँदै जुम्ला जोड्ने सडककमो अधिकांश भाग सम्पन्न गर्ने, मेची, कोशी, सगरमाथा, तमोर, कालीगण्डकी, भेरी कर्णाली र महाकाली करिडोर आगामी ५ वर्षमा सम्पन्न गरिने उल्लेख छ ।

बीपी लोकमार्ग, अत्तरियादेखि तिंकर जोड्ने, खोड्पेदेखि बझाङ जोड्ने मार्गहरु स्तरोन्नति गरिने भएको छ । काठमाडौंको चक्रपथ विस्तार सम्पन्न भइसक्ने र डुम्रे–बेशीसहर–मनाङ सडक दुई लेनको बनाउने घोषणा छ ।

टोखा–छहरे सुरुङमाग ५ वर्षभित्र सम्पन्न गर्नेगरी काम गर्ने, नागढुंगा र सिद्धबबा र काठमाडौं–निजगढ सडकखण्डका सुरूङ निर्माण सम्पन्न हुने छन् । दुम्किबास–बर्दघाट, माझिमटार–शक्तिखोर, खुर्कोट–चियाबारी, ब्याउलिढुङगा–इमिल्चाखोला, सुर्खेत– रानीघाट–भुरिगाउँ लगायतका सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण शुरू गरिने छ ।

त्यसै गरी त्रिभुवन विमानस्थलको स्तरोन्नति गरिने छ भने लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सफल सञ्चालनमा ल्याइने छ रेल मार्गलाई पूर्वी तराईका भिट्टामोड–जलेश्वर जनकपुर खण्ड, कुर्था जनकपुर बर्दिबास खण्ड तथा बिराटनगर खण्डमा सम्पन्न गरिने छ ।

ऊर्जा

विद्युतीय प्रसारण लाइनको निर्माणमा उल्लेख्य प्रगति गर्दै आगामी ५ वर्षभित्र कूल जडित क्षमता १० हजार मेगावाट पर्याउने र प्रत्येक नेपालीको घरमा विजुली पुयाई औसत प्रतिव्यक्ति वार्षिक विद्युत खपत १ हजार २०० किलोवाट आवर पुर्याउने लक्ष्य नेपाली कांग्रेसको छ । विपन्न परिवारहरूले प्रयोग गर्ने विद्युतको हकमा मासिक ५० किलोवाट आवरसम्म निशुल्क दिइने छ ।

परम्परागत इट्टाभट्टालाई विद्युतीय भट्टाले, ग्याँस चुलोलाई विद्युतीय विस्थापित गर्दै लगिने घोषणापत्रमा उल्लेख छ । नयाँ पेट्रोल पम्पहरूमा विद्युतीय चार्जिङ स्टेसन राख्न अनिवार्य गरिने छ र हरेक ५० किलोमिटर सडक खण्डमा कम्तिमा एक चार्जिङ स्टेशन हुने व्यवस्था मिलाइने छ । मुलुकभरि ७६५ केभी तथा ४०० केभीका उच्च गुणस्तरका ट्रान्समिसन लाइन निर्माण गरिने छ ।

बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउँदै अन्य पहाडी प्रदेशमा पनि एक जलाशययुक्त आयोजना निर्माण गरिने छ पाँच वर्षभित्र सबै अधिकांश गाडी विद्युतीय हुने योजना ल्याइने छ ।

सिँचाइ 

कांग्रेसल सुनकोसी–मरिन डाइभर्सन, रानी जमरा कुलरिया, सिक्टा, भेरी–बबई तथा बबइ सिंचाई आयोजनाहरू समयमै सम्पन्न गरिने छन् । सतह सिँचाई संभव नभएका ठाउँहरूमा भूमिगत जल सिंचाईका कार्यक्रमहरू सञ्चालन गरिने छ मधेश प्रदेशका आठै जिल्लामा पूर्ण सिंचाई सुविधा पुन्याइने छ ।

पहाडका सबै जिल्लामा सिँचाईलाई प्राथमिकता दिएर काम गरिने छ । जहाँ सिंचाई पुगेको छ, त्यहाँ कृषि ज्ञान केन्द्र लैजाने र खेतीलाई पानी सुविधाबाट अत्यधिक फाइदा हुने व्यवस्था मिलाइने छ ।

खानेपानी 

हरेक नेपालीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न एक घर एक धारा कार्यक्रम यसै दशकभित्र सम्पन्न गरिने छ खानेपानी संस्थाहरूलाई सस्तोमा विजुली उपलब्ध गराइने छ । शहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू हरेक नगरपालिकाहरूमा सञ्चालन गरिने छ ।

फोहोर पानी प्रशोधन केन्द्रहरू हरेक प्रमुख शहरमा शुरू गरी घर, कारखाना तथा व्यवसायका फोहोर पानी विना प्रशोधन सीधै नदीहरूमा नपुग्ने व्यवस्था गरिने छ । ठूला शहरहरूमा जलाशयबाट पानी आपूर्ति गर्ने र त्यो आपूर्तिलाई नियमितरूपमा प्रयोगशालामा परीक्षण गर्ने पद्धती स्थापित गरिने छ ।

सञ्चार क्षेत्र

इन्टरनेटको पहुँच अधिकांश विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनहरूसम्म पुर्याइने छ र शिक्षा तथा स्वास्थ्य सेवालाई इन्टरनेटको माध्यमबाट रूपान्तरण गरिने छ । कोहलपुर, खुमलटार तथा घरानमा बाटा केन्द्र तथा बुटवलमा इन्टरनेट एक्स्चेन्ज केन्द्र बनाइने छ । साइबर सुरक्षालाई विशेष ध्यान दिइने छ भने डिजिटल नेपाल फ्रेमवर्क लागू गरिने छ ।

सबै सरकारी सेवाहरूलाई यथाशक्य अनलाइनमा उपलब्ध गराई जनताले लाइन लागेर सरकारी सुविधा लिनुपर्ने स्थिति अन्त गरिने छ । हुलाक सेवाको आधुनिकीकरण गर्दै सरकारी दस्तावेजहरू ओसारप्रसारमा प्रयोग गर्ने र पासपोर्ट लगायतका जनसाधारणलाई अति आवश्यक दस्तावेजलाई घरमै पुर्याउने काममा हुलाकलाई प्रयोग गरिने छ ।


Read Previous

पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो

Read Next

मायाखोलाको विद्युत मंसिरभित्र प्रसारण प्रणालीमा जोडिँदै

Leave a Reply

Your email address will not be published.