Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो


चितवन । भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले सडक विस्तारको काम सम्पन्न गरिसक्नुपर्नेछ ।

कुल एक अर्ब १३ करोडको लागतमा विस्तार हुने पुल्चोक–गोन्द्राङ सडक ६ लेनको हुनेछ । सडकको दायाँबायाँ ११.५–११.५ मिटर कालोपत्र हुनेछ भने सडकको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन रहने छ ।

साथै तीनदेखि चार मिटरको फुटपाथ हुनेछ भने सडकको बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक हुनेछ । पुल्चोकबाट लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म फरक–फरक डिजाइन रहने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार गोन्द्राङबाट चौबीसकोठीसम्म एक्सप्रेस वे (बीचको द्रुतमार्ग) को काम भइरहेको छ । एक्सप्रेस वेमा बेस र सवबेसको काम भइरहेको छ । उक्त काम सकिएपछि पहिलो तहको काम सुरु हुने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर चण्डेश्वर शाहले जानकारी दिए ।

उनका अनुसार गोन्द्राङबाट केन्द्रीय बस टर्मिनलसम्म भने पहिलो तहको काम हाल सम्पन्न भइसकेको छ । उक्त खण्डमा दोस्रो र तेस्रो तह एवं ढलको काम हुन बाँकी छ । केही दिनमै बसपार्कबाट चौबीसकोठीसम्म पहिलो तहको काम पनि सुरु हुनेछ । छेउको बाटो (सर्भिस लेन)मा भने गोन्द्राङबाट चौबिसकोठीसम्म पहिलो तहको काम सम्पन्न भइसकेको छ ।

एक्सप्रेस वेमा उच्चस्तरको बेस (डिभिएम)को पहिलो तहको काम सकिएपछि सर्भिस लेनमा दोस्रो र तेस्रो तहको काम सु्रु हुने उनले जानकारी दिए । त्यसपछि एक्सप्रेस वेमा पनि दोस्रो र तेस्रो तहको काम हुनेछ ।

तिहारपछि चौबीसकोठीबाट पुल्चोकसम्मको काम पनि सुरु गरिने शाहले बताए । उक्त खण्डमा बिजुली पोल, खानेपानीको पाइपको काम तथा केही संरचना भत्काउन पर्नेछ । हाल खानेपानीको पाइप हटाउनका लागि खानेपानी कार्यालयले बोलपत्र आह्वान गरिसकेको छ भने बिजुलीको पोल हटाउनका लागि विद्युत् कार्यालयसँग पनि समन्वय भइरहेको इञ्जीनियर शाहले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहको निर्वाचन तथा विभिन्न चाडपर्वका कारण कामले तीव्रता लिन सकेको थिएन । त्यसमाथि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पनि काम प्रभावित हुनसक्ने उनको भनाइ छ ।

सम्झौता मिति सकिन चार महिनामात्रै बाँकी रहे पनि निर्माण कम्पनीले भने तोकिएकै मितिमा काम सम्पन्न गर्ने दाबीसमेत गरेको छ । (रासस)


Read Previous

बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्याउँदा मुगु विद्युतविहीन

Read Next

के छन् नेपाली कांग्रेसको घोषणापत्रमा भौतिक पूर्वाधारका एजेण्डा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *