Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

१८८ मेगावाटको सुर्के दूधकोसी आयोजना निर्माण हुने


काठमाडौं । सोलुखुम्बुको दूधकोसी नदीमा १८८ मेगावाटको सुर्के दूधकोसी जलविद्युत आयोजना निर्माण हुने भएको छ । यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिले जिल्लाको खुम्बु पासाङल्हामु र माप्य दूधकोसी गाउँपालिका तथा सोलुदूधकुण्ड नगरपालिकामा संरचना रहने गरी आयोजना निर्माण गर्न लागेको हो ।

प्रवर्द्धक कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार गरिरहेको छ । प्रतिवेदन तयार गर्न आयोजना निर्माण गर्दा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा पर्ने प्रभाव यकिन गरी  राय तथा सुझाव पेश गर्न  प्रभावित क्षेत्रका स्थानीयबासी र सम्बिन्धत सराेकारवाला समक्ष कम्पनीले आग्रह गरेकाे छ ।

कम्पनीले सूचना सार्वजनिक गरी प्रभावित क्षेत्रका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, विद्यालयमा अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा संस्थाबाट लिखित राय सुझाव मागेकाे हो । सम्बन्धित स्थानीय सराेकारवाला सबैले अबकाे  ७ दिनभित्र प्राप्त हुने गरी लिखित राय तथा सुझाव पेश गर्नु पर्नेछ ।

अध्ययन अनुसार पासाङल्हामु गाउँपालिका–१ स्थित दूधकोसी नदीमा ३३ मिटर लम्बाई र १०.५ मिटर उचाईको बाँध निर्माणको प्रस्ताव गरिएको छ ।बाँधमा २ वटा इन्टेक गेट निर्माण गरिनेछ ।

नदीको पानी विद्युतगृहसम्म पुर्याउन १०.९६ किलोमिटर मुख्य सुरुङ निर्माण गरिनेछ । ३०८ मिटर लामो पेनस्टक पाइप राखिने डिजाइन छ ।विद्युतगृहबाट विद्युत उत्पादन भई निकास हुने पानी पुनः दूधकाेसी नदीमा पुर्याउन ५३० मिटर लामो ५.६ मिटर चौडाइ र ५.६ मिटर उचाई भएको टेलरेस सुरुङ निर्माण गरिने कम्पनीले जनाएको छ ।

आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत १८ किलोमिटर दुरीको तिन्ला सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक २२० केभी प्रसारण लाइन निर्माण गरिनेछ । आयोजनाको डिजाइन बहाव ४०.२४ घनमिटरप्रतिसेकेन्ड तथा कूल हेड ५५६.५० मिटर छ ।

आयोजना निर्माण हुँदा खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर १ र २, सालुदूधकुण्ड नगरपालिकाको वडा नम्बर १ तथा माप्य दूधकोसी गाउँपालिका वडा नम्बर १, २ र ७ प्रत्यक्षरूपमा प्रभावित हुनेछन् ।


Read Previous

नेपाल रेल्वे बोर्ड गठन हुदैं, रेल विभाग खारेजीको तयारी

Read Next

नुवाकोट सौर्य विद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

Leave a Reply

Your email address will not be published.