Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

गल्छी-त्रिशुली हुँदै रसुवागढी पुग्ने सडक चालु आवमा सम्पन्न हुन कठिन

याेजना कार्यालय


काठमाडौं । गल्छी-त्रिशुली-मैलुंग-स्याफ्रुवेशी-रसुवागढी सडक योजना चालु आर्थिक वर्ष (आव) भित्र सम्पन्न हुन कठिन देखिएको छ । आर्थिक वर्ष २०७२/७३ मा थालनी गरिएको यो सडक चालु आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

आयोजना कार्यालयले दिएको प्रगति विवरणअनुसार अघिल्लो आर्थिक वर्षसम्म ५२ दशमलव २ प्रतिशत मात्र भौतिक प्रगति सम्पन्न भएको छ । यसकारण चालु आर्थिक वर्षभित्र नै बाँकी रहको ४७ दशमलव ८ प्रतिशत काम सम्पन्न हुने सम्भावना न्यून रहेको छ ।

गल्छी-त्रिशुली-मैलुंग-स्याफ्रुवेशी-रसुवागढी सडकमध्ये ६५ किलोमिटरमा डेडिकेटेड डबल लेनमा कालोत्रपे गर्ने लक्ष्य छ । यससँगै सडकको चौड ११ मिटर हुनेछ । त्यस्तै, ३२ वटा पुल निर्माण गर्ने, १ वटा फ्लाई ओभर निर्माण गर्ने र ४ वटा पहिरो नियन्त्रण कार्य गर्ने लक्ष्य छ ।

राखिएको लक्ष्यमध्ये वितेका ७ वर्षमा २७ दशमलव ३२४ किलोमिटर कालोपत्रे भइसकेको छ । त्यस्तै, ११ पुल निर्माण सम्पन्न भइसकेका छन । फ्लाईओभरको संभावना अध्ययन भएको छ । ३ वटा पहिरो रोकथामको लागि ठेक्का लागिसकेको छ ।

गत आवमा के के भयो ?

गत आवमा ८९ प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै, १ अर्ब ७१ करोड १७ लाख बजेट विनियोजन गरेकोमा १ अर्ब ५० करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । यो कूल बजेटको ८७ दशमलव ८२ प्रतिशत हो । त्यस्तै, भौतिक प्रगति ८९ प्रतिशत भएको छ ।

आयोजनाको कुल बजेट १५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यसमध्ये ९५० करोड निर्माण र ६ सय करोड मुआब्जा र क्षतिपूर्तिमा खर्च हुनेछ । अहिलेसम्म कुल ८०७ दशमलव ६१ करोड रुपैयाँ खर्च भएसकेको छ ।

त्यसमध्ये मुआब्जामा मात्र ३१० दशमलव ५८ करोड रुपैयाँ खर्च भएको छ । अहिलेसम्म मुआब्जा र क्षतिपूर्तिमा मात्र ५१ दशमलव ७६ प्रतिशत प्रगति हासिल भएको छ ।


Read Previous

विद्युत विकास विभागका महानिर्देशकमा चटौत

Read Next

बिहीबारदेखि नेपाल पूर्वाधार सम्मेलन

Leave a Reply

Your email address will not be published.