Nepal Purbadhar

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

विद्युत विकास विभागका महानिर्देशकमा चटौत


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले विद्युत विकास विभागको महानिर्देशकमा चिरञ्जीवी चटौतलाई पठाएको छ ।

हाल मन्त्रालयको सह–सचिव रहेका उनलाई ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुषालले मन्त्रालयबाट सरुवा गरी विभागका महानिर्देशक बनाएकी हुन । उनले सोमबारनै सरुवाको पत्र पाईसकेका छन् ।

पञ्चेश्वर विकास प्राधिकरणका सहायक प्रमुख कार्यकारी अधिकृतको अनुभव हासिल गरिसकेका उनीसँग यस अघि विद्युत विभाग र मन्त्रालयमा बसेर काम गरेको लामो अनुभव छ ।

विद्युत विकास विभागका महानिर्देशक रहेका संदीव देवलाई भने ऊर्जा मन्त्रालय सरुवा गरिएको छ ।


Read Previous

दिगो विकास लक्ष्य हासिलका लागि निजी क्षेत्र परिचालनमा सरकार असमर्थ

Read Next

गल्छी-त्रिशुली हुँदै रसुवागढी पुग्ने सडक चालु आवमा सम्पन्न हुन कठिन

Leave a Reply

Your email address will not be published.