Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

अतिप्रभावित सरह सेयर माग गर्दै सान्जेनको जिल्ला कार्यालयमा गल्लाङ गाउँका स्थानीयले गरे आक्रमण


काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले तेस्रो चरणमा निष्कासन गर्न लागेको साधारण सेयरप्रति असन्तुष्टी जनाउँदै स्थानीयबासीले रसुवास्थित कार्यालयमा तोडफोड गरेका छन् । आयोजनाको न्युन प्रभावित क्षेत्रका स्थानीयबासीले आफुहरूलाई अतिप्रभावित स्थानीयबासीको सूचीमा नराखिएको भन्दै आक्रोशित भई रसुवास्थित कार्यालयमा तोडफोड गरेका हुन् ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गल्लाङ गाउँका स्थानीयले आइतबार कम्पनी अन्तर्गत निर्माणाधीन आयोजनाको स्थानीय कार्यालयमा प्रवेश गरी तोडफोड गरेका छन् । ठूलो भीडसहित स्थानीय कार्यालयमा पुगेका उनीहरूले कार्यालय, कार्यालयको स्वामित्वमा रहेको गाडी, मोटरसाइकल लगायतका सवारी साधनमा तोडफोड गरेको कम्पनीले जनाएको छ ।

आयोजनाको अतिप्रभावित सूचीमा पर्ने गाउँपालिकाको ५ नम्बर वडाका स्थानीय सरह सेयर स्वामित्व पाउनु पर्ने उनीहरूको माग छ । आफुहरूको माग पूरा हुनु पर्ने अडान राख्दै उनीहरूले कार्यालयमा कार्यरत कम्पनीका कर्मचारी माथिसमेत आक्रामण गरेका छन् । स्थानीयकाे आक्रामणबाट केही कर्मचारी घाइते भएका छन् ।

कम्पनीका अनुसार  घाइतेमध्ये एक जनालाई  गम्भिर चाेट लागेकाे छ भने अरु सामान्य घाइते भएका छन् । घाइतेकाे कार्यालय परिसरमै उपचार भइरहेकाे छ । कम्पनीको २०७६ माघ २५ गतेको निर्णयअनुसार रसुवाका स्थानीयबासीलाई अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्युन प्रभावितको सूचीमा राखि साधारण सेयर छ्ट्याइएको थियो ।

स्थानीयले बढी सेयरको माग राखे पनि जिल्ला समन्वय समितिसँगकाे सहमतिमा भएकाे निर्णय बमाेजिम नै सेयर बाँडफाँड तय भइसकेकाले फेरि त्यसलाई  परिवर्तन गर्न नसकिने कम्पनीले जनाएकाे छ । नेपाल धितोपत्र बोर्डले पहिलेको निर्णय अनुसार नै सेयर निष्कासन गर्ने अनुमति दिइसकेकाले समेत अन्तिम समयमा आएर परिवर्तन गर्न नमिल्ने कम्पनीले स्पष्ट पारेको छ ।

आगामी भदौ ५ गतेदेखि रसुवाबासीका लागि छुट्याइएको ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ते मिति तय भइसकेको छ । आयोजना प्रभावित स्थानीयले कम्पनीमा सेयर लगानी गर्न न्युनतम १० देखि ७ सय कित्तासम्म आवेदन दिन पाउने छन् । चाँडोमा भदौ १९ गते र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिने समय तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि आयोजनामा लगानी गर्ने लगानीकर्ता तथा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भई कारोबार समेत भइरहेको छ । स्था

नीयका लागि पहिले नै सेयर निष्कासन भइसक्नु पर्ने भए पनि भूकम्पका कारण जिल्लामा ठूलो क्षति पुगेपछि स्थानीयको अनुरोधमा सेयर निष्कासन अवधि पछाडि सारिएको थियो । कम्पनीले लगानी गरेका १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् ।


Read Previous

रिडी र रैराङ मर्जरपछि बन्यो रिडी पावर कम्पनी,जडित क्षमता २१ मेगावाट

Read Next

‘ऊर्जा, अर्थ मन्त्रालयले पनि जलविद्युत आयोजना बनाउने’

Leave a Reply

Your email address will not be published.