
काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ९७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ४ करोड ५३ लाख २३ हजार रुपैयाँको तुलनामा कम हो।
कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन आम्दानी पनि घटेर ७ करोड २२ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्ष यस्तो आम्दानी ८ करोड ७५ लाख २ हजार रुपैयाँ थियो। कुल नाफा पनि ७ करोड ६६ लाख ७३ हजारबाट घटेर ५ करोड १९ लाख ९२ हजार रुपैयाँमा झरेको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ४ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४ करोड ४ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात ५८.५१ गुणा रहेको छ।

