
काठमाडौं । साहस ऊर्जाको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा २१.०६ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५९ करोड ९१ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ४८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ९५ करोड ३८ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१६ प्रतिशत बढी हो ।
कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ७१ पैसा कायम भएको छ ।


