Nepal Purbadhar

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

फाईल तस्बीर


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणमा जाने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण अवधिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिने जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पुगेको छ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्। उनीसँगै सरकारको दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा सहभागी हुँदैछन्।

प्रधानमन्त्रीसहित दोस्रो र तेस्रो वरीयताका मन्त्रीसमेत भारत भ्रमणमा जाने भएपछि मन्त्रिपरिषद्मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय तथा एक्लाएक


Read Previous

विद्युत् क्षेत्रमा सरकारको ठूलो पुनर्संरचना प्रस्ताव : प्राधिकरण टुक्र्याउनेदेखि पीपीएमा ९० दिनको सीमासम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar