Nepal Purbadhar

फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ आज, सहभागी हुन राष्ट्रपति मकवानपुरमा

फाइल तस्बिर।


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन्।

नेपाली सेनाको हेलिकप्टरमार्फत महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण गरेका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेल सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुनुका साथै काठमाडौं–तराई/मधेस द्रुतमार्गको निर्माण प्रगतिको निरीक्षणसमेत गर्ने कार्यक्रम रहेको छ।

काठमाडौंलाई तराई/मधेससँग छोटो दूरीमा जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गको निर्माण कार्य नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ र बकैया गाउँपालिका-१२ जोड्ने महादेवटार क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग समानान्तर दुई ओटा सुरुङबाट बनेको छ। निजगढबाट काठमाडौं आउने दिशाको सुरुङको लम्बाइ ३.४४५ किलोमिटर रहेको छ। यो सडकतर्फ नेपालकै सबैभन्दा लामो सुरुङमार्ग हो।

द्रुतमार्गअन्तर्गत निर्माणाधीन ७ ओटा सुरुङमध्ये यसअघि लेनडाँडा र धेद्रे सुरुङको ब्रेक थ्रु सम्पन्न भइसकेको छ। महादेवटार सुरुङको ब्रेक थ्रुसँगै आयोजनाका थप सुरुङ निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको ७०.९७७ किलोमिटर लामो द्रुतमार्गको समग्र भौतिक प्रगति ५०.५४ प्रतिशत पुगेको छ। आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ९५ अर्ब १७ करोड रुपैयाँ खर्च भइसकेको छ।

काठमाडौंलाई तराई/मधेससँग छोटो दूरीमा जोड्ने उद्देश्यले निर्माण भइरहेको यो आयोजना सम्पन्न भएपछि राजधानी र तराईबीचको आवागमन सहज र छोटो हुने अपेक्षा गरिएको


Read Previous

नेपालमा फ्रान्सेली लगानी भित्र्याउन सभामुखको आग्रह

Read Next

म्याग्दीको बैसरी-रिसिनचौतारी सडक स्तरोन्नति सुरु, ३ करोड ३५ लाख खर्च गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar