Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

‘नेसनल आईसीटी स्कलरसिप’को आवेदन खुल्यो, ४९ जनाले छात्रवृत्ति पाउने


कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ ४ वर्षदेखि प्रदान गर्दै आईरहेको छात्रवृतिको आवेदन खुलेको छ । नेसनल आईसीटी स्कलरसिप–२०७९ नाम दिइएको छात्रवृत्तिमार्फत यस वर्ष ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको छ ।

क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । दुइृ दशकभन्दा बढि समयदेखि सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज (लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको हो ।

यस छात्रवृत्तिले देशका सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रबृति र बाँकी ४२ जनालाई आंशिक छात्रवृति प्रदान गरिने कार्यक्रम छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पु¥याउनको लागि यस कार्यले टेवा पुग्नेछ । चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रबृति प्रदान गरिनेछ । त्यस्तै, आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिनेछ ।

क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।
छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत विएससी आईटीको अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याइ सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन । छात्रवृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह तथा केन्द्रिय सदस्यद्वय सरिता सिंह र भिम मल्ल रहेको छात्रबृति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np  र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ । छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०७९ साल भदौ १० गते हुनेछ भने २०७९ साल भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाईएको छ ।

यस छात्रवृती मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेसा र व्यवसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष नवराज कुंवरले बताए ।

यो छात्रवृत्तिका निम्ति सुचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघ संगको सहकार्यले देश भित्र रहेको डिजिटल डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक–निजी साझेदारिको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई पंकज जालानले वताए ।


Read Previous

सडक विभाग ६ वटै वार्षिक लक्ष्य पूरा गर्न असफल, किन पूरा भएनन् वार्षिक लक्ष्य ?

Read Next

विद्युत आयात साढे १५ अर्ब, निर्यात ४ अर्ब

Leave a Reply

Your email address will not be published.