Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
सेती लोकमार्ग निर्माण तीव्र पार्न जिल्ला सभाकाे माग    दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा    पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा    निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

विद्युत आयात साढे १५ अर्ब, निर्यात ४ अर्ब


काठमाडौं, गत आर्थिक वर्ष (आव) २०७८/७९ मा भारतबाट १५ अर्ब ४५ अर्ब रुपैयाँको विद्युत आयात भएको छ । नेपालबाट भने ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको छ । यसअनुसार प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात अझै ११ अर्ब ५८ करोड रुपैयाँ रहेको नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आव २०७७/७८ मा प्राधिकरणले २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात गरेको थियो । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ ।

आन्तरिक माग धान्न भारतबाट आव २०७७/७८ मा २ अर्ब ८० करोड ६० लाख युनिट (२८०६ गिगावाट आवार) विद्युत आयात गरिएको थियो । तर, आव २०७८/७९ मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिट (१५४ गिगावाट आवार) मा झरेको छ । प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ ।

समग्रमा भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४ सय मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७/७८ मा ४ करोड ४० लाख युनिट (४४ गिगावाट आवर) विद्युत निर्यात भएकोमा आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट (४९३ गिगावाट आवार) निर्यात भएको छ ।

अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले वृद्धि हुँदा समेत प्राधिकरण विद्युत आयातलाई घटाउन सफल भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने बताए ।

प्राधिकरणको नाफा १६४ प्रतिशतले वृद्धि

नेपाल विद्युत प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा गरेको थियो । आब २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको हो ।

प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी १ खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत गृहरुबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भएको घिसिङले बताए । ‘विद्युत चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’, उनले भने ।

पछिल्ला ६ वर्ष निरन्तर नाफामा

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गत आबको समेत गरेर निरन्तर ६ वर्ष नाफामा गएको छ । आव ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७/७८ मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत महसुल संकलन विनियमावली वमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिएको छ । यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्यो

प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न संचालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झरेको छ । विद्युत प्रणालीमा आव ०७२/७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६/७७ मा १५.२५ प्रतिशतमा पुगेको थियो । तर, आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो ।

आव २०७८/७९ मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको हो ।

‘चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा अझै थप प्रभावकारी र व्यवस्थित रुपमा चलाउँछौं’, उनले भने ।

यस्तै, आव २०७८/७९ मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको छ ।


Read Previous

‘नेसनल आईसीटी स्कलरसिप’को आवेदन खुल्यो, ४९ जनाले छात्रवृत्ति पाउने

Read Next

एक वर्षमै सवा खर्बको लगानी स्वीकृतिसहितको कार्य सम्पादन प्रतिवेदन प्रधानमन्त्रीलाई पेश

Leave a Reply

Your email address will not be published.