Nepal Purbadhar

सडक विभाग ६ वटै वार्षिक लक्ष्य पूरा गर्न असफल, किन पूरा भएनन् वार्षिक लक्ष्य ?


काठमाडौं । सडक विभाग आर्थिक वर्ष (आब) २०७८/७९ को लागि तय गरेका ६ वटै लक्ष्य पूरा गर्न असफल भएको छ । गत आबमा कुल १ हजार ८ सय किलोमिटर नयाँ सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा जम्मा ६१८ किलोमिटर मात्र कालोत्रे भएको छ । यो कुल लक्ष्यको ३४ प्रतिशत मात्र हो ।

विभागले वार्षिक लक्ष्य पूरा नगरे पनि पुल निर्माणमा भने तुलनात्मक रुपमा राम्रो प्रगति हासिल गरेको छ । गत आबमा कुल ३ सय पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो । त्यसमध्ये २८२ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् ।

अघिल्ला वर्षहरुमा लक्ष्य पू्रा हुने तथा लक्ष्यभन्दा धेरै काम हुने गरेको आवधिक मर्मतमा गत आबमा निराशाजनक प्रगति भएको छ । आवधिक मर्मत ५५० किलोमिटर गर्ने लक्ष्य राखिएकोमा आधा पनि काम भएको छैन् । जम्मा २५० किलोमिटर मात्र सडक मर्मत भएको छ ।

ग्राभेल स्तरको सडक स्तरोन्नति गर्ने योजनामा पनि करिब ४२ प्रतिशत काम भएको छ । त्यस्तै, माटे सडक निर्माणमा ८० प्रतिशत काम भएको छ । कुल ३५० किलोमिटर माटे सडक निर्माण गर्ने लक्ष्य राखिएकोमा २८० किलोमिटर सम्पन्न भएको छ ।

 लक्ष्य (कि.मि.)प्रगति (कि.मि.)प्रगति प्रतिशत
कालेपत्रे स्तरके सडक (नयाँ) १८००६१८३४.३३
ग्रावेल स्तरके सडक८००३३५४१.८७
माटे सडक३५०२८०८०
कालेपत्रे स्तरके सडक पुनः निर्माणा तथा पुनर्स्थापना६००४२३७०.०५
अवधिक मर्मत५५०२५०४५.४५
पुल निर्माण (वटा)३००२८२९४

वार्षिक लक्ष्यको ५५ प्रतिशत मात्र वित्तीय प्रगति

विभागले विनियोजित बजेटको ५५ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ । सरकारले बजेट संसोधन गरेर वार्षिक बजेट १ खर्ब २९ अर्ब ८० करोड १३ लाख रुपैयाँ पु¥याएको थियो । त्यसमध्ये ७१ अर्ब ६३ करोड ८ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

किन पूरा भएनन् वार्षिक लक्ष्य ?

सडक विभागले वार्षिक लक्ष्य पूरा हुन नसक्नुमा गत आर्थिक वर्षभर काम नै न्युन भएको बताएको छ । सडक विभागका उपमहानिर्देशक भिमार्जुन अधिकारीका अनुसार अघिल्लो आबमा तुलनात्मक रुपमा काम न्यून भएको त्यसको असर तोकिएको लक्ष्यमा देखिएको हो ।

न्युन काम हुनुका ४ कारण उपमहानिर्देशक अधिकारीले उल्लेख गरे । तिनमा स्थानीय चुनावको प्रभाव, प्रतिस्थापन विद्येयकले भएको अन्यौल, कोभिड १९ को असर र निर्माण सामाग्रीको मूल्य बढ्दा निर्माण व्यवसायीले गरेका ‘कन्स्ट्रक्शन होलिडे’ हुन् । चालु आबमा भने चुनाव बाहेक अन्य कारण नहुने अपेक्षा गरिएको र निर्धारित लक्ष्य पूरा गरिने उल्लेख गरे ।

‘स्थानीय सरकारको चुनाव नभएकाले त्यति धेरै असर नगर्ला, कोभिडले पनि काम नरोक्ने अपेक्षा छ’ उनले भने । त्यस्तै, अघिल्लो आबमा बजेट शीर्षकहरु १२७ र १४२ संघबाट प्रदेशमा गएकाले पनि निर्धारित लक्ष्य पूरा हुन कठिनाइ भयो ।


Read Previous

अर्थमन्त्रीले प्रधानमन्त्रीको निर्देशन नमान्दा इन्धनको भाऊ घटेन

Read Next

‘नेसनल आईसीटी स्कलरसिप’को आवेदन खुल्यो, ४९ जनाले छात्रवृत्ति पाउने