Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

जलविद्युत पर्यटनको सम्भावना बोकेको सुनापतिमा रमाउँदै बंगलादेशी राजदूत चौधरी


काठमाडौ । बुधबार बंगलादेशले लगानीका लागि चासो देखाएको ६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत आयोजनाको अवलोकनका लागि नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी पुगेका थिए ।

विद्युत विकास विभागका महानिर्देशक संजीव देव, उपमहानिर्देशक संजय ढुंगेल, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव चिरञ्जीवी चटौत, नेपाल विद्युत प्राधिरकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीप थिके र निर्देशक प्रबल अधिकारीसहित पुगेका उनी आयोजनाको अवलोकनमा मात्र सीमित भएनन । उनी सुनकोशी नदीका साथै यसका आसपासमा रहेका रमणीय दृष्यहरुमा पनि रमाए ।

सिभिल इन्जिनियर समेत रहेका ५३ बर्षीय राजदूत चौधरीले सुनकोशी–३ को बाँध सुनावती गाउँपालिकास्थित लुभुघाटको अवलोकनसँगै तामाङ डफ्फू नाँचमा रमाएका थिए ।

लुभुघाटबाट डहु डाँडा चढ्नेक्रममा त्यहाँबाट देखिएको काभ्रे, रामेपछाप र दोलखा जिल्लाका विभिन्न क्षेत्रको अवलोकनबाट उनी प्रभावित भए । प्राकृतिक रुपमा रमणीय सो क्षेत्रमा रमाएका उनले भने–‘यहाँ त जलविद्युत मात्र बन्दैन, यो त जलविद्युत पर्यटनको ठूलो सम्भावना छ, नेपालले यस्ता रमणीय ठाउँबाट अर्बौ डलर कमाउन सक्छ ।’

राजदूत चौधरी रमणीय क्षेत्रको अवलोकनसँगै त्यो क्षेत्रको फोटो आफ्नो मोबाइलमा कैद गर्न पनि व्यस्त थिए । उनले सो क्रममा परम्परागत घरमा पुगेर स्थानीयबासीसँग फोटो खिच्दै घुलमिल पनि भ्याए ।

उनी डहु माध्यामिक विद्यालयमा पुगेर कार्यक्रममा सहभागी हुनुका साथै विद्यार्थीहरुसँग तस्वीर खिच्न पनि व्यस्त थिए ।


Read Previous

पर्याप्त अध्ययन विना नै देशभर ३ दर्जन सभाहल निर्माणाधीन, तर भएकै सभाहल प्रयोगविहिन

Read Next

पूर्वाधार आयोजनाको काम अधुरो छोड्ने क्रम बढ्दै

Leave a Reply

Your email address will not be published.