Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

नागढुंगा सुरुङमार्गको ५६ प्रतिशत काम सम्पन्न


काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको ५६ प्रतिशत काम सम्पन्न भएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार २१ असार सम्ममा यो प्रगति हासिल भएको हो । अब सुरुङको मात्र काम सम्पन्न गर्न ४४ प्रतिशत बाँकी रहेको आयोजनाका आयोजना निर्देशक नरेशमान शाक्यले जानकारी दिए । बाँकी काम सम्पन्न गरेर १ वर्षभरीमा सवारी साधन सञ्चालन गर्ने तयारी रहेकाे उनकाे भनाइ छ ।

आयोजनाका अन्य संरचनासमेतको समग्र भौतिक प्रगति भने साढे ३९ प्रतिशत पुगेको छ । आयोजनामा २६ जनाको उच्च व्यवस्थापन नेतृत्व जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । २८ कात्तिक २०७६ देखि औपचारिक निर्माण थालिएको सुरुङको मोबिलाइजेसन पेस्कीसमेत गरेर समग्र आयोजनाको वित्तीय भने साढे ४५ प्रतिशत पुगेको छ । यो निर्माण कम्पनीलाई दिइएको मोबिलाइजेशन रकमसमेत जोडेर हो ।

कुल कामदार संख्या ५ सयको हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना १३ बैशाख २०८० मा सम्पन्न गर्ने ठेक्का सम्झौता छ । तर, म्याद थपसँगै तोकिएको समयमा आयोजना सम्पन्न हुनेछैन ।

निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ । ‘त्यसमध्ये २१ असारसम्म ३ हजार ७२ मिटर सम्पन्न भएको छ । जेठ २१ मा २ हजार ९ सय १ मिटर सम्पन्न भएको थियो ।

आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म १ सय ५०७ मिटर सम्पन्न भएको छ । इभ्याकुएसन सुरुङ कुल २ हजार ५ सय ५७ मध्ये १ हजार ४४४ र क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ६२ मिटर खनिएको छ । वर्किङ अडिट एक सय २६ मिटरमा पूरै सम्पन्न भइसकेको छ । ‘खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ १ हजार ६२६ र धादिङतर्फ १ हजार ४४६ मिटर खनिएको छ’ आयोजना प्रमुख शाक्यले भने ।

आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो । तर, जापानिज येन बलियो भएका कारण जग्गा प्राप्तिमा भएको खर्च बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो । आयोजनाको कंक्रिट लाइनिङ गर्ने काम पनि ४२६ मिटर अर्थात १८ प्रतिशत सकिएको छ ।

कुन संरचनामा कति प्रगति ?

आयोजनाको लागि ३ वटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म २ वटा सम्पन्न भइसकेको छ । एउटा ओभर पास निर्माण गर्नुपर्नेमा अहिलेसम्म निर्माण भइसकेको छ । त्यस्तै, बक्स कल्भर्ट ४ वटै पूरा भएको छ । काठमाडौतर्फ निर्माण गर्नुपर्ने एउटा फ्लाईओभर निर्माणस्थलको भने अहिले जग्गा प्राप्तिको लागि मुआब्जा दिने काम भइरहेको छ । सँगै फाउण्डेशन निर्माणको काम समेत थालिएको छ । कुल १२ वटा संरचना निर्माण गर्नुपर्नेमा १० वटा पूरा भइसकेका छन् ।

आयोजना बनेपछि हुने लाभ

यो आयोजनाले आर्थिक रुपमा पु¥याउने फाइदा भनेको नागढुंगा पार गर्नको लागि समय घटाउनेछ । यसले यात्रामा ढिलाइले हुने लागत घटाउनेछ । सवारी साधनको सञ्चालन खर्चमा उत्तिकै कमी ल्याउनेछ । अहिले सडकको खराव अवस्थाको कारण हुने दुर्घटनालाई कमी ल्याउने आयोजना प्रमूख शाक्यको भनाइ छ ।

यस्तै, यो आयोजना जापानको सहुलियत ऋण सहयोग र उसैको प्रविधिमा आधारित भएर निर्माण भइरहेको छ । अहिले नेपाली इञ्जिनियर पनि यो आयोजनामा सहभागी छन । यसले अत्याधुनिक जापानी प्रविधि नेपाल भित्राउन सहयोग पुग्नेछ । त्यससम्बन्धी ज्ञान र अनुभव नेपालको स्थानीय परामर्शदाता, निर्माण कम्पनी, कामदार र सडक विभागलाई हुनेछ ।

अर्को सुरुङ निर्माणको लागि सहयोग पुग्नेछ । यसको साथै सुरुङ निर्माणको लागि आवश्यक डिजाइनको ज्ञान वृद्धि गर्न सहयोग पुगेको छ । नेपालमा सुरुङ निर्माणको प्राविधिक मापदण्ड निर्धारण गर्न सहज हुने अपेक्षा छ ।

सामाजिक र वातावरणीय फाइदा पनि छ । आयोजनाले रोजगारी सिर्जना भएको छ । आयोजनाले निर्माण गर्ने सर्भिस सेन्टरमा तोकिएको व्यवसाय गर्न सकिनेछ । यसले वायु प्रदुषण घटाउन सहयोग पुर्याउनेछ ।


Read Previous

आयोजनाको म्याद थपको लागि निर्माण व्यवसायीलाई २१ दिनको समय

Read Next

अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि सबै क्षेत्रबीच हातेमालो आवश्यक

Leave a Reply

Your email address will not be published.