Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

तामाकोसीको जलाशय र सेटलिङ बेसिन सफाईको तालिका स्थगित


काठमाडौं । दोलखाको विगु गाउँपालिका–१ गोंगर स्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको जलाशय र सेटलिङ बेसिनको सरसफाई गर्ने कार्यक्रम स्थगित भएको छ । यसअघि तय भएको जलाशय र सेटलिङ बेसिनको सरसफाई गर्ने कार्यक्रम तत्काल नहुने भएको हो ।

आइतबार (भोलि) बिहान ६ देखि अपरान्ह ४ बजेसम्मका लागि तय भएको सरसफाई गर्ने तालिका स्थगित भएको जलविद्युत केन्द्रले शुक्रबार सूचना जारी गरी जानकारी दिएको छ । अहिलेलाई विशेष कारणले आइतबारका लागि तयर भएको तालिका अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सूचनामा भनिएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले जारी गरेको सूचना


Read Previous

नेपाल उद्योग परिसंघ र ऊर्जा दक्ष केन्द्रबीच ऊर्जा सहकार्य गर्ने समझदारी

Read Next

सुरु भयो डिजिटल नेपाल कन्क्लेभ, उपराष्ट्रपति पुनद्वारा उद्घाटन

Leave a Reply

Your email address will not be published.