Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

नेपाल उद्योग परिसंघ र ऊर्जा दक्ष केन्द्रबीच ऊर्जा सहकार्य गर्ने समझदारी


काठमाडौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच उर्जा सम्बन्धी गतिविधिमा सहकार्य गर्न समझदारी भएको छ ।

ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरूको ऊर्जासम्बन्धी सेवाहरूको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार उद्योगहरूमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरूकता बढाउन दुवै संस्थाले उद्योगहरूको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्नेछन् ।

परिसंघले सन् २०१९ देखि उद्योगहरूमा ऊर्जा दक्षता प्रवद्र्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा काम गरिरहेको छ ।

समझदारीपत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरे ।

 


Read Previous

तामाकोसीको विद्युतगृह १० घन्टा बन्द हुने, जलाशय र सेटिलिङ बेसिनकाे फ्लसिङ गरिने

Read Next

तामाकोसीको जलाशय र सेटलिङ बेसिन सफाईको तालिका स्थगित

Leave a Reply

Your email address will not be published.