Nepal Purbadhar

नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आजदेखि सुरू: एआई र रोजगारीमा केन्द्रित


काठमाडौं। नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आजदेखि काठमाडौंमा सुरू भएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबीआई) को सहकार्यमा आयोजित सम्मेलन कृत्रिम बुद्धिमत्ता (एआई), युवा उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित छ।

सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार तथा कूटनीतिक नियोगका प्रतिनिधिसहित देशभरका करिब ४०० उद्यमी, व्यवसायी र सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।

सीबीफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच, नवप्रवर्तन, उद्यमशीलता र प्रविधिको उपयोगमार्फत रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने बताए। एनबीआईका कार्यकारी अध्यक्ष विशाल गैरेले युवालाई उत्पादन र रोजगारीसँग जोड्न स्टार्टअपका लागि बीउ पुँजी, वित्तीय पहुँच र उद्यममैत्री नीतिगत व्यवस्था आवश्यक रहेको बताए।

सम्मेलनले युवा उद्यमशीलता प्रवर्द्धन, लगानीको वातावरण सुधार, स्टार्टअप विकास तथा रोजगारीका अवसर सिर्जनाका लागि नीतिगत दिशाबोध गर्ने अपेक्षा गरिएको छ।


Read Previous

बेनी-जोमसोम-कोरला सडक मर्मत: ट्रयाक त खुल्यो नियमित सञ्चालनमा चुनौती

Read Next

नवीकरणीय ऊर्जा प्रवर्द्धन र ऊर्जा बचतका लागि नयाँ कानुन, विधेयक संसद्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar