Nepal Purbadhar

तीन महिना नपुग्दै फेरिए विद्युत विकास विभागका महानिर्देशक, मण्डलले पाए जिम्मेवारी


काठमाडौं। विद्युत विकास विभागको महानिर्देशककमा जीवछ मण्डल नियुक्त भएका छन् ।

मंगलबारको मन्त्रीस्तरीय निर्णयले उनलाई महानिर्देशकको जिम्मेवारी दिएको हो । विभागका महानिर्देशक सागरराज गौतम मन्त्रालय तानिएका छन् । ३ महिना नपुग्दै उनी मन्त्रालय तानिएका हुन् । गएको साउन १२ गते उनी महानिर्देशक बनेका थिए ।

मन्त्रालय स्रोतका अनुसार गौतमले स्वास्थ्य अवस्थाका कारण काम गर्न नसक्ने जानकारी गराएपछि उनलाइ सरुवा गरिएको हो । जीवछ मण्डल तेस्रो पटक महानिर्देशक बनेका हुन ।

उनी मन्त्रालयमा अतिरिक्त सहसचिवमा रुपमा थिए ।


Read Previous

१५ दिन सडकमा रोकिएपछि २७ लाखको ड्रागन फ्रुट स्थानीयलाई बाँडेर काठमाडौं फर्किए व्यवसायी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar