Nepal Purbadhar

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली


जनकपुरधाम। मधेस प्रदेशमा विद्युत् चुहावट घट्दै गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा गत आवको सोही अवधिको तुलनामा विद्युत् चुहावट १.६१ प्रतिशतले घटेको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।

गत आवको साउन-भदौमा २२.५६ प्रतिशत रहेको चुहावट चालु आवको सोही अवधिमा २०.९५ प्रतिशतमा झरेको हो । हुकिङ नियन्त्रण, बिलिङ तथा मिटर रिडिङमा सुधार र लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन लगायतका कारण चुहावट घटेको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा विद्युत् महसुल नतिर्ने ८ हजार ७८२ ग्राहकको लाइन काटिएको छ । तीमध्ये ८ हजार २३४ ग्राहकले पुनः जडान गराएका छन् । उनीहरूबाट २० करोड ९ लाख ७७ हजार रुपैयाँ बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ ।

मधेसमा सबैभन्दा कम चुहावट बाराको सिमरा वितरण केन्द्रमा २.९४ प्रतिशत र सबैभन्दा बढी रौतहटको मौलापुर वितरण केन्द्रमा ४७.७७ प्रतिशत रहेको छ ।


Read Previous

डिजिटल भुक्तानीको अवस्था: ७३ प्रतिशत नागरिक विद्युत् महसुल तिर्न अझै पनि काउन्टरमै पुग्छन्

Read Next

१५ दिन सडकमा रोकिएपछि २७ लाखको ड्रागन फ्रुट स्थानीयलाई बाँडेर काठमाडौं फर्किए व्यवसायी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar